Wednesday, 29 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalदेशभर तनाव बढिरहेका बेला ९ प्रमुख राजनीतिक दलहरूको संयुक्त अपिल

देशभर तनाव बढिरहेका बेला ९ प्रमुख राजनीतिक दलहरूको संयुक्त अपिल


सुनसरीमा दुई समुहबीच भएको घटनापछि देशभर तनाव बढिरहेका बेला ९ प्रमुख राजनीतिक दलहरू एकै ठाउँमा बसेका छन्।

दलहरूले एकअर्कालाई आरोप लगाउने होइन, बरु सबैलाई शान्त रहन अपिल गरेका छन्। बैठकपछि उनीहरूले सात बुँदे संयुक्त अपिलसमेत सार्वजनिक गरेका छन्।

अपिलमा घटनामा परी ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरिएको छ। साथै घाइते भएका नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

दलहरूले नेपाल विविधता, एकता र सहिष्णुताको देश भएको भन्दै सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका छन्।

आवेग, हिंसा र मुठभेडले समस्या समाधान नगर्ने भन्दै असन्तुष्टि र मागहरू शान्तिपूर्ण संवादमार्फत राख्न सम्बन्धित पक्षलाई अपिल गरिएको छ।

त्यस्तै, प्रदेश, जिल्ला र स्थानीय तहसम्म सर्वदलीय तथा सर्वपक्षीय छलफल अघि बढाउन आग्रह गरिएको छ। स्थानीय स्तरमा नागरिक समाज, धार्मिक अगुवा र प्रशासनसँग सहकार्य गरेर शान्ति कायम गर्नुपर्नेमा जोड दिइएको छ।

राजनीतिक दलहरूले यस्ता संवेदनशील घटना फेरि नदोहोरियोस् भन्नका लागि आवश्यक पहल, समन्वय र अनुगमन गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

साथै, सामाजिक सञ्जालमार्फत फैलिन सक्ने अफवाह, गलत सूचना र उत्तेजक सामग्रीबाट सचेत रहन नागरिकलाई आग्रह गरिएको छ। सञ्चारमाध्यमलाई पनि तथ्यमा आधारित र जिम्मेवार सूचना सम्प्रेषण गर्न भनिएको छ।

सरकारलाई नागरिकको सुरक्षा सुनिश्चित गर्न, घटनाको निष्पक्ष छानबिन गर्न, दोषीलाई कानुनी कारबाही गर्न र पीडितलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन ध्यानाकर्षण गराइएको छ।

अन्त्यमा, राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षा गर्दै समस्याको शान्तिपूर्ण समाधान खोज्न सबै पक्षलाई आग्रह गरिएको छ।

बुधबार सिंहदरबारमा रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बसेको थियो। बैठकपछि नौ वटा राजनीतिक दलले संयुक्त रूपमा सात बुँदे अपिल जारी गरेका हुन्।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-29' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6