Sunday, 20 September 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभोटेकोशी बाढीले ध्वस्त नुवाकोटको त्रिशूली विद्यालयलाई अस्ट्रेलियाका नेपालीले गरे कम्प्युटर सहयोग

भोटेकोशी बाढीले ध्वस्त नुवाकोटको त्रिशूली विद्यालयलाई अस्ट्रेलियाका नेपालीले गरे कम्प्युटर सहयोग


काठमाडौं- भोटेकोशी बाढीबाट पूर्णरूपमा क्षतिग्रस्त नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा अस्ट्रेलियामा रहेका नेपालीले कम्प्युटर ल्याब स्थापना गरेका छन्।

गैर आवसीय नेपाली संघ अस्ट्रेलियाबाट संकलित रकमबाट विद्यालयका लागि १५ वटा कम्प्युटर, ५ वटा ल्यापटप र २ वटा प्रिन्टर खरिद गरि विद्यालयलाई शनिबार हस्तान्तरण गरिएको छ। पीजे श्रेष्ठको नेतृत्वमा ती सामग्री विद्यालयसम्म पुर्‍याइएको थियो।

गत भदौ १० गते आएको बाढीले विद्यालयका भौतिक संरचना पूर्णरूपमा ध्वस्त पारेपछि अहिले टेन्टमार्फत विद्यालय सञ्चालनको तयारी भइरहेको छ। विद्यालयमा १ हजार ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

विद्यालयसम्म पुग्ने बाटो र पुलसमेत बाढीले प्रभावित भए सबै सामग्री ड्रोनमार्फत् विद्यालयमा पुर्‍याइएको थियो।

श्रेष्ठका अनुसार विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर आइटी शिक्षामा पहुँच बढाउने उद्देश्यले कम्प्युटर ल्याब स्थापना गर्न लागिएको हो।

उनले नेपालका युवाका लागि सूचना प्रविधिको क्षेत्र रोजगारी र अवसरको महत्वपूर्ण क्षेत्र बन्दै गएकाले विद्यार्थीलाई सुरुदेखि नै प्रविधिसँग जोड्न आवश्यक रहेको बताए।

बाढीले विद्यालयसहित स्थानीय संरचनामा ठूलो क्षति पुर्‍याएपछि अस्ट्रेलियामा रहेका नेपालीहरूले प्रभावित क्षेत्रका लागि विभिन्न माध्यमबाट सहयोग गर्दै आएका छन्।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-09-20' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6