Friday, 23 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ News ∕ साउदीमा फेसबुक कमेन्ट गर्दा श्रीलंकाली युवालाई मृत्युदण्ड

साउदीमा फेसबुक कमेन्ट गर्दा श्रीलंकाली युवालाई मृत्युदण्ड


साउदी अरबमा फेसबुकमा आपत्तिजनक कमेन्ट गरेको आरोपमा श्रीलंकाली २४ वर्षीय नागरिक अनोजन शिवरासालाई मृत्युदण्डको सजाय सुनाइएको छ।

केहि महिना अगाडी श्रीलंकामा हिन्दु धर्म सम्बन्धी एउटा कार्यक्रम भएको थियो। त्यहाँ सहभागीहरूलाई एकजना मुस्लिम युवाले कुकुर लखेटी लखेटी दुर्व्यवहार गरेको भिडियो सामाजिक संजालमा चर्चामा आएको थियो। त्यही भिडियोको तल गएर साउदी अरेबियामा काम गरिरहेका अनोजनले कमेन्ट गरेका थिए।

कमेन्टमा उहाँले मुस्लिम धर्म र पैगम्बर मोहम्मदलाई अपमान हुने शब्दहरू पनि लेखिएको थियो। त्यसबारे उनले कमेन्ट हटाएर माफी पनि माग्नुभएको थियो तर पनि कमेन्टको स्क्रिन रेकर्डका आधारमा उहाँविरुद्ध मुद्दा अघि बढाइएको थियो।

१५ जुलाई २०२६ मा अल-अहसा फौजदारी अदालतले उनलाई पाँच वर्ष कैद र ३० लाख साउदी रियाल जरिवाना सुनाएको थियो। त्यसविरुद्ध भएको प्रक्रियापछि १७ सेप्टेम्बर २०२६ मा साउदीको पुनरावेदन अदालतले सजाय बढाएर मृत्युदण्ड सुनाएको बिबिसीले जनाएको छ।

श्रीलंकाली सरकारले उनलाई आममाफी दिलाउन साउदी अधिकारीसँग कूटनीतिक पहल गरिरहेको छ।

घटनापछि मध्यपूर्वमा कार्यरत नेपालीलाई सामाजिक सञ्जालमा धार्मिक तथा संवेदनशील विषयमा कमेन्ट गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-23' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6