Friday, 23 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ News ∕ ज्ञानेश कुमारको राजीनामा माग्दै सीजेपीको आन्दोलन, आज बेङ्गलुरुमा प्रदर्शन

ज्ञानेश कुमारको राजीनामा माग्दै सीजेपीको आन्दोलन, आज बेङ्गलुरुमा प्रदर्शन


भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र निर्वाचन आयोगमा सुधारको माग गर्दै कक्रोच जनता पार्टी (सीजेपी) ले आन्दोलन जारी राखेको छ।

सीजेपीले आज अक्टोबर ८ मा बेङ्गलुरुको फ्रीडम पार्कमा एसआइआरविरुद्ध ‘पीपुल्स ट्रिब्युनल’ र प्रदर्शन गर्दैछ।

कार्यक्रममा सीजेपीका संस्थापक अभिजित दिप्के, सौरव दास र आशुतोष रांका सहभागी हुने जनाइएको छ।

अभिनेता प्रकाश राज र चर्चित युट्युबर ध्रुव राठी पनि कार्यक्रममा सहभागी हुँदैछन्।

सीजेपीले एसआइआर रोक्नुपर्ने, मतदाता सूचीबाट हटाइएका नाम पुनःस्थापित गर्नुपर्ने र निर्वाचन आयोगमा संरचनागत सुधार गर्नुपर्ने माग राखेको छ।

यसअघि अक्टोबर २ मा मुम्बईमा भएको सीजेपीको प्रदर्शनमा पनि प्रकाश राजलगायत सार्वजनिक व्यक्तिहरू सहभागी भएका थिए।

सीजेपीले अक्टोबर १० मा नयाँदिल्लीको जन्तरमन्तरमा थप ठूलो प्रदर्शन गर्ने घोषणा गरिसकेको छ।

आन्दोलनको मुख्य माग सीईसी ज्ञानेश कुमारको राजीनामा र निर्वाचन प्रक्रियामा सुधार रहेको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-23' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6