Friday, 23 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ बुढानीलकण्ठको घरबाट २१ किलोभन्दा बढी सुन बरामद, तीन चिनियाँ नागरिक पक्राउ

बुढानीलकण्ठको घरबाट २१ किलोभन्दा बढी सुन बरामद, तीन चिनियाँ नागरिक पक्राउ


काठमाडौंको बुढानीलकण्ठस्थित एक घरबाट २१ किलोभन्दा बढी सुन बरामद भएको छ।

सुन प्रशोधन गर्ने ठाउँ बनाइएको उक्त घरबाट प्रहरीले तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी पक्राउ परेका चिनियाँ नागरिकलाई सार्वजनिक गरेको हो। कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बुढानीलकण्ठस्थित उनीहरूले भाडामा लिएको घरबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार उक्त घरमा सुन गाल्न प्रयोग गरिने मेसिनसमेत फेला परेको छ। घरबाट तयारी अवस्थामा रहेका ११ वटा पिसमा १० किलो ९९७ ग्राम सुन बरामद भएको थियो।

त्यस्तै, प्लास्टिकमा राखिएको १० किलो ७५२ ग्राम अर्धठोस सुन पनि बरामद भएको प्रहरीले जनाएको छ। दुवै गरी कुल २१ किलो ७४९ ग्राम सुन बरामद भएको हो।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-23' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6