Friday, 23 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ अस्ट्रेलियाका प्रधानमन्त्रीले दिए नेपाली समुदायलाई दसैंको शुभकामना, बाढीपीडितसँगै उभिने प्रतिबद्धता

अस्ट्रेलियाका प्रधानमन्त्रीले दिए नेपाली समुदायलाई दसैंको शुभकामना, बाढीपीडितसँगै उभिने प्रतिबद्धता


अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दसैंको शुभकामना दिँदै बाढीबाट प्रभावित नेपाली समुदायलाई पुनःस्थापना र पुनर्निर्माणमा साथ दिने प्रतिबद्धता जनाउनुभएको छ।

घटस्थापनाको दिन दसैं सन्देश जारी गर्दै उहाँले यस वर्ष अस्ट्रेलिया र विश्वभरका नेपाली समुदायले गहिरो दुःखका बीच दसैं मनाउनुपरेको उल्लेख गर्नुभएको छ।

‘बाढीले निम्त्याएको विनाशपछि शोकको भार तपाईंहरूले एक्लै बोक्नुपर्ने छैन। पुनःस्थापना र पुनर्निर्माणका आगामी महिनाहरूमा पनि हामी तपाईंहरूसँगै उभिनेछौं,’ प्रधानमन्त्री अल्बानिजले जारी गरेको सन्देशमा भनिएको छ।

प्रधानमन्त्री अल्बानिजले अस्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई विजयादशमीको शुभकामना दिँदै यस पर्वले सबैलाई एकताबद्ध बनाइराख्ने आशा व्यक्त गर्नुभएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-23' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6