Friday, 23 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ अस्ट्रेलियाले अद्यावधिक गर्‍यो स्वास्थ्य बीमासम्बन्धी निर्देशिका

अस्ट्रेलियाले अद्यावधिक गर्‍यो स्वास्थ्य बीमासम्बन्धी निर्देशिका


अस्ट्रेलियाको गृह मन्त्रालयले अस्ट्रेलिया जाने वा त्यहाँ बसोबास गर्ने विदेशी नागरिकहरूका लागि स्वास्थ्य बीमासम्बन्धी नयाँ निर्देशिका सार्वजनिक गरेको छ।

मन्त्रालयका अनुसार अस्ट्रेलिया जाने अस्थायी भिसावाला वा पर्यटकहरूले त्यहाँको सरकारी स्वास्थ्य सुविधा ‘मेडिकेयर’ पाउने छैनन्। मन्त्रालयले बिरामी हुँदा वा घाइते हुँदा लाग्ने उपचार खर्च निकै महँगो हुने भएकाले सबै खर्च आफैं तिर्नुपर्ने अवस्था आउन सक्ने बताएको छ।

त्यसैले भिसा नियमको पालना गर्न र अप्रत्याशित आर्थिक भारबाट बच्न अस्ट्रेलिया बसाइको पूरा अवधिभर अनिवार्य रूपमा स्वास्थ्य बीमा गर्न सुझाव दिएको छ।

अधिकांश अस्ट्रेलियाली भिसाहरूमा ‘सर्त ८५०१’ अनिवार्य गरिएको छ, जसअनुसार बसाइभर पर्याप्त स्वास्थ्य बीमा कायम राख्नुपर्छ।

विद्यार्थी भिसाका लागि ‘ओएसएचसी’ बीमा हुनैपर्छ, र आफ्नो भिसामा यो नियम छ कि छैन भनेर ‘भिइभिओ’ अनलाइन सेवामार्फत जाँच गर्न सकिने जनाइएको छ।

न्यूनतम रूपमा निजी स्वास्थ्य बीमाले डाक्टरको परामर्श, ल्याब टेस्ट, एक्स-रे, अस्पतालको खर्च, औषधि र एम्बुलेन्स सेवा समेटेको हुनुपर्छ।

नयाँ बीमा लिएपछि केही विशेष उपचारका लागि प्रतिक्षा अवधि हुन सक्छ त्यसैले यी सबै कुरा सुरूमै बुझ्न अनुरोध गरिएको छ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-23' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6