Friday, 23 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Nepal ∕ आज घटस्थापनासँगै बडादसैं सुरु

आज घटस्थापनासँगै बडादसैं सुरु


नेपालीहरूको महान् पर्व वडादसैं आजदेखि सुरु भएको छ।

आज असोज २५ गते आइतबार देशभर घटस्थापना गरी दसैँको पहिलो दिन मनाइँदैछ।

घटस्थापनाका दिन घरघरमा विधिपूर्वक जमरा राखेर दुर्गा भवानीको पूजा आराधना गरिन्छ।

घटस्थापनासँगै सुरु हुने नवरात्रमा नौ दिनसम्म दुर्गा भगवतीका विभिन्न स्वरूपको पूजा गर्ने परम्परा छ।

आज घटस्थापनाका लागि बिहान ११ बजेर ४७ मिनेटको साइत निर्धारण गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

हनुमानढोका दरबारस्थित दसैँघरमा पनि वैदिक विधिअनुसार जमरा राख्ने परम्परा छ।

दसैँको पहिलो दिन घटस्थापनादेखि सुरु हुने पर्वको मुख्य दिन विजयादशमी यस वर्ष कात्तिक ४ गते बुधबार परेको छ। उक्त दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-23' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6