Friday, 23 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ News ∕ खगेन्द्र सुनारले भन्नुभयो- सार्वजनिक भएको अडिओ एआइबाट बनाइएको

खगेन्द्र सुनारले भन्नुभयो- सार्वजनिक भएको अडिओ एआइबाट बनाइएको


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफ्नो नाममा सार्वजनिक भएको महिलासँगको अडिओ एआइ प्रयोग गरेर बनाइएको दाबी गर्नुभएको छ।

मंगलबार सामाजिक सञ्जालमा भिडिओ र सन्देश सार्वजनिक गर्दै उहाँले आफूमाथि लागेका आरोप झुटा भएको बताउनुभएको हो।

प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफूलाई निरन्तर निशाना बनाइएको सुनारको दाबी छ।

सार्वजनिक अडिओमा आफूले कुनै महिलालाई फोनमार्फत अपशब्द प्रयोग गर्दै धम्की दिएको आरोप लगाइएको छ।

सुनारले आफूमाथि लागेका आरोपको सत्यतथ्य छानबिन गर्न रास्वपा र सरकारलाई आग्रह गर्नुभएको छ।

उहाँले अनुसन्धानमा सहयोग गर्ने पनि बताउनुभएको छ।

यसअघि अडिओ सार्वजनिक भएपछि रास्वपाले केन्द्रीय अनुशासन समितिलाई आन्तरिक छानबिन गर्न निर्देशन दिएको थियो।

पार्टीले छानबिन प्रक्रिया अघि बढेसम्म सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी नहुनसमेत निर्देशन दिएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-23' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6