Friday, 23 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Nepal ∕ ‘पार्टीलाई २१औं शताब्दी सुहाउँदो बनाउँछु’

‘पार्टीलाई २१औं शताब्दी सुहाउँदो बनाउँछु’


नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य सचिन तिमल्सेनाले पार्टीलाई २१औं शताब्दी सुहाउँदो बनाउँदै देशलाई समुन्नतिको बाटोमा अघि बढाउने बताउनु भएको छ।

केन्द्रीय सदस्यमा निर्वाचित भएपछि धन्यवाद व्यक्त गर्दै तिमल्सेनाले डेढ दशकको राजनीतिक सक्रियतापछि यो उपलब्धि हासिल गरेको बताउनु भएको हो।

उहाँले आफ्नो राजनीतिक यात्रामा प्रेरणा र अवसर दिने पार्टी सभापति गगनकुमार थापालाई विशेष धन्यवाद दिनुभएको छ। साथै वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा र पार्टीका अग्रजप्रति पनि आभार व्यक्त गर्नुभएको छ।

तिमल्सेनाले आफ्ना राजनीतिक आदर्श बीपी कोइराला, कांग्रेसका संस्थापक नेताहरू र आफूलाई राजनीति सिकाउने बुवालाई स्मरण गर्नुभएको छ।

‘अबको बाटो नेपाली कांग्रेसलाई थप २१औँ शताब्दी सुहाउँदो पार्टी बनाई यो देशलाई समुन्नतितर्फ हाँक्ने हो,’ उहाँले भन्नुभएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-23' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6