साउदी अरबमा ड्रोन आक्रमणमा परी एक नेपालीको निधन
साउदी अरबमा ड्रोन आक्रमणमा परी एक नेपालीको ज्यान गएको छ।
साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनामा लाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा नेपालीसहित दुई विदेशीको निधन भएको छ।
साउदी ऊर्जा मन्त्रालयका अनुसार घटनामा एक नेपाली र एक फिलिपिनी नागरिकको मृत्यु भएको हो। एक पाकिस्तानी र एक भारतीय नागरिक भने घाइते हुनुभएको छ।
मृत्यु भएका नेपालीको नाम र ठेगाना भने सार्वजनिक गरिएको छैन।
साउदी अरबमा मात्रै ४ लाख नेपाली बसोबास गर्दै आइरहनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यतिबेला साउदी अरबमा नियमित रुपमा हुदी समूहले हवाई हमला गरिरहेको छ। आक्रमण गरिरहेको भिडिओ खिचेर समाजिक सञ्जालमा नहाल्न नेपाली राजदूतावास र साउदी सरकारले पटकपटक आग्रह गरिरहेको छ। यदी हाल्नुभयो भने तपाईंलाई ठूलो जरिवाना र कैद हुन सक्छ। त्यसैले यस्ता क्रियाकलाप नगर्नु होला।











तपाईको प्रतिक्रिया