Sunday, 22 November 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ News ∕ मन्सीको विस्फोटक शतकसँगै सुदूरपश्चिम रोयल्सले जित्यो एनपिएल उपाधि

मन्सीको विस्फोटक शतकसँगै सुदूरपश्चिम रोयल्सले जित्यो एनपिएल उपाधि


नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमले साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै बिना विकेटको क्षति पूरा गर्‍यो।

जर्ज मन्सीले ५४ बलमा १२ छक्का र ८ चौकासहित अविजित १२५ रन बनाए।

उनले ४९ बलमै शतक पूरा गर्दै एनपिएलको फाइनलमा शतक बनाउने पहिलो खेलाडीको कीर्तिमान रचे।

विनोद भण्डारीले २७ बलमा अविजित ३० रन जोड्दै टोलीको जितमा योगदान दिए।

यसअघि लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो।

लगातार दुई संस्करणको फाइनलमा पराजित सुदूरपश्चिमले तेस्रो प्रयासमा पहिलोपटक एनपिएलको उपाधि जित्दै इतिहास रचेको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-11-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6