Wednesday, 25 November 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Nepal ∕ बालेनको भारत भ्रमणमा के-के भयो, नेपालले के पायो?

बालेनको भारत भ्रमणमा के-के भयो, नेपालले के पायो?


तस्बिर: प्रधानमन्त्रीको कार्यालय

प्रधानमन्त्री बालेन शाहको दुईदिने भारत भ्रमणका क्रममा नेपाल र भारतबीच १० प्रमुख क्षेत्रमा सहकार्य गर्ने सार्वजनिक भएको छ।

भारतले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ। जसमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ ऊर्जा क्षेत्रका लागि ऋण सुविधा रहेको छ।

भ्रमणका क्रममा जनकपुर-अयोध्या सिधा रेल सेवा र दार्चुला-धार्चुला जोड्ने मोटरेबल पुलको उद्घाटन गरिएको छ।

त्यस्तै, सन् १९५० को शान्ति तथा मैत्री सन्धि आपसी सहमतिमा पुनरवलोकन गर्ने, सीमा विवाद संवादमार्फत समाधान गर्ने र नयाँ हवाई तथा पारवहन मार्ग खोल्ने विषय संयुक्त दृष्टिपत्रमा समेटिएका छन्।

नेपालको पूर्व-पश्चिम रेलमार्ग निर्माणमा सहकार्य गर्ने, सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइन निर्माण गर्ने र पञ्चेश्वर, सप्तकोशी तथा सुनकोशी बहुउद्देश्यीय आयोजना अघि बढाउने सहमति भएको छ।

त्यसैगरी, नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने, नेपाली खेलाडीलाई भारतमा प्रशिक्षण दिने, आईआईटी क्याम्पस खोल्ने सम्भावना खोज्ने र नेपाली विद्यार्थीका लागि छात्रवृत्तिका अवसर बढाउने विषय पनि समेटिएका छन्।

नेपाली भाषाको एआई मोडल विकास गर्ने, भूउपग्रह निर्माणमा सहकार्य गर्ने, काठमाडौंमा स्टार्टअप केन्द्र र पोखरामा डिजिटल नवप्रवर्तन केन्द्र स्थापना गर्ने योजना अघि सारिएको छ।

भारतको अनुदानमा चितवनमा कृषि-औद्योगिक पार्क स्थापना गर्ने, नेपालमा सुलभ मूल्यमा औषधि उपलब्ध गराउन जनऔषधि केन्द्र खोल्ने र स्वास्थ्य पूर्वाधार विस्तार गर्ने सहमति पनि भएको छ।

यी सहमति तथा योजनाको कार्यान्वयनबारे प्रत्येक ६ महिनामा उच्चस्तरीय अनुगमन समूहले प्रगति समीक्षा गर्ने निर्णय गरिएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-11-25' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6