Wednesday, 29 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअस्ट्रेलियामा विवाह घट्यो, बढ्यो सम्बन्धविच्छेद

अस्ट्रेलियामा विवाह घट्यो, बढ्यो सम्बन्धविच्छेद


अस्ट्रेलियामा सन् २०२५ मा विवाहको संख्या घटेको छ भने सम्बन्धविच्छेद बढेको छ।

अस्ट्रेलियाली तथ्यांक विभाग (एबिएस) का अनुसार गत वर्ष १ लाख १८ हजार ८०४ विवाह दर्ता भएका छन्। जुन २०२४ को तुलनामा १.७ प्रतिशत कम हो। त्यस्तै, सम्बन्धविच्छेद ४.१ प्रतिशतले बढेर ४९ हजार १५८ पुगेको छ।

एबिएसका अनुसार विवाह गर्दाको उमेर पुरुषको ३२.७ वर्ष र महिलाको ३१.२ वर्ष रहेको छ।

समलिंगी जोडीबीचका विवाह कुल विवाहको ३.९ प्रतिशत रहेका छन्। जुन पछिल्ला वर्षहरूमा स्थिर रूपमा बढ्दो प्रवृत्तिमा देखिएको एबिएसले जनाएको छ।

राज्यगत रूपमा सबैभन्दा धेरै विवाह न्यु साउथ वेल्समा दर्ता भएका छन्। त्यसपछि भिक्टोरिया र क्विन्सल्याण्ड रहेका छन्।

सबैभन्दा धेरै २०२५ मा २५ अक्टोबरका दिन अर्थात् २ हजार ३५ विवाह दर्ता भएका थिए।

यता सम्बन्धविच्छेद हुनेहरूको मध्यक उमेर पनि बढेको छ।

२०२५ मा सम्बन्धविच्छेद हुँदा पुरुषको मध्यक उमेर ४७.३ वर्ष र महिलाको ४४.४ वर्ष पुगेको छ।

४० वर्ष वा सोभन्दा माथिका पुरुष तथा ३५ वर्ष वा सोभन्दा माथिका महिलामा सम्बन्धविच्छेदको दर बढेको देखिएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-29' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6