Sunday, 20 September 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअस्ट्रेलियामा कम्पनी र मालिकलाई १ लाख ७७ हजार डलर जरिवाना

अस्ट्रेलियामा कम्पनी र मालिकलाई १ लाख ७७ हजार डलर जरिवाना


काठमाडौं- अस्ट्रेलियामा नेपाली महिला कामदारलाई तलब नदिई आर्थिक शोषण गरेको अभियोगमा एकाउन्टिङ कम्पनी र त्यसका मालिकलाई अदालतले १ लाख ७७ हजार अस्ट्रेलियन डलर जरिवाना गरेको छ।

फेडेरल सर्किट एण्ड फेमिली कोर्टले हालै सो अकाउन्टिङ फर्मलाई १ लाख ४८ हजार र कम्पनीका निर्देशकलाई २९ हजार जरिवाना तोकेको हो ।

यो विषयलाई फेयर वर्क एम्बुड्सम्यानले अदालतमा लगेको हो । फेयर वर्कले जारी गरेको विज्ञप्तीका अनुसार ती ३० वर्षीया नेपाली महिलाले सन् २०१९ देखि २०२० सम्म सो फर्ममा काम गर्नुभएको थियो।

सुरुमा कम्पनीले १० हप्ताको पैसा नदिएको विज्ञप्तीमा उल्लेख छ । त्यसपछि भने ती युवतीले कम्पनीको खातामा पहिले पैसा जम्मा गरेको र पछि त्यहि रकमबाट तलब दिएको विज्ञप्तीमा भनिएको छ। यसलाई ‘क्यासब्याक’ योजना भन्दै Fair Work ले गलत ठहर गरेको छ ।

यसबारे हामीले सोही फर्मका सञ्चालकसँग कुराकानी गर्दा उहाँले नियम मान्नुको विकल्प नभएको संक्षिप्त प्रतिक्रिया दिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-09-20' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6