Friday, 23 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ ५ घण्टामै सन्जु राईको पार्थिव शरीर नेपाल पठाउन ३६ हजार ३९० अस्ट्रेलियन डलर संकलन

५ घण्टामै सन्जु राईको पार्थिव शरीर नेपाल पठाउन ३६ हजार ३९० अस्ट्रेलियन डलर संकलन


अस्ट्रेलियामा सडक दुर्घटनामा ज्यान गुमाएकी नेपाली विद्यार्थी सन्जु राईको पार्थिव शरीर नेपाल पठाउन ५ घण्टामै गो-फन्ड-मी मार्फत् ३६ हजार ३९० अस्ट्रेलियन डलर संकलन भएको छ।

सन्जुका दाई योगेश राईले सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ। उहाँले विशेषगरी सहयोग अभियानमा साथ दिने नेपालट्युबलगायत नेपाली समुदायप्रति आभार व्यक्त गर्नुभएको छ।

न्यु साउथ वेल्सको ब्ल्याक स्प्रिङ क्षेत्रमा अक्टोबर २ मा भएको कार दुर्घटनामा २५ वर्षीया सन्जुको मृत्यु भएको थियो भने अर्की २४ वर्षीया नेपाली विद्यार्थी गम्भीर घाइते हुनुभएको थियो।

न्यु साउथ वेल्स प्रहरीले दिएको जानकारीअनुसार शुक्रबार साँझ २ बजे ब्ल्याक स्प्रिङ क्षेत्रमा एउटा कार दुर्घटनामा परेको थियो। मोडमा रहेको सडकबाट कार अनियन्त्रित भएर सिधै अगाडि गई रुखमा ठोक्किँदा दुर्घटना भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको थियो।

उहाँहरू न्यु साउथ वेल्सकै बाथर्स्टमा बस्दै आउनु भएको थियो। दुवै जना गोलबर्नस्थित अस्पतालमा नर्सिङको प्लेसमेन्ट सकेर घर फर्किने क्रममा दुर्घटनामा परेको परिवार बताउनुभएको छ।

उहाँहरूको नर्सिङ अध्ययनको यो अन्तिम प्लेसमेन्ट थियो। यसपछि रजिस्टर्ड नर्सका रूपमा काम गर्ने तयारीमा रहेको बताइएको छ।

मृतक सन्जु राई सिन्धुलीकी हुनुहुन्छ। उहाँ नर्सिङ अध्ययनका लागि केही समयअघि अस्ट्रेलिया पुग्नुभएको थियो। उहाँ श्रीमानसँगै अस्ट्रेलियामा बस्दै आउनुभएको थियो।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-23' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6