Monday, 27 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeInternationalनेपालमा महिला विदेशी पर्यटकको आकर्षण बढ्दो

नेपालमा महिला विदेशी पर्यटकको आकर्षण बढ्दो


पछिल्लो १० वर्षमा नेपाल भ्रमण गर्ने महिला विदेशी पर्यटकको संख्या ११० प्रतिशतले बढेको छ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१५ मा २ लाख ४९ हजार रहेको महिला पर्यटक संख्या सन् २०२५ मा ५ लाख २६ हजार पुगेको हो।

सन् २०२५ मा नेपाल भ्रमण गर्ने कुल विदेशी पर्यटक संख्या ११ लाख ६५ हजार नाघेको बोर्डको तथ्यांक छ।

भारतबाट सबैभन्दा धेरै २५ प्रतिशत पर्यटक नेपाल आएका छन् भने अमेरिका र चीन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

बोर्डका अनुसार पर्यटकको औसत बसाइँ अवधि पनि बढेर १६ दिनभन्दा बढी पुगेको छ।

पर्यटन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा करिब ८ देखि १० प्रतिशत योगदान पुर्‍याउने गरेको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-27' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6