Friday, 23 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Nepal ∕ अष्ट्रेलियामा कार्डबाट भुक्तानी गर्दा लाग्ने शुल्क हट्यो

अष्ट्रेलियामा कार्डबाट भुक्तानी गर्दा लाग्ने शुल्क हट्यो


अष्ट्रेलियामा कार्डबाट भुक्तानी गर्दा ग्राहकसँग लिइने अतिरिक्त शुल्क आज, अक्टोबर १ देखि हटाइएको छ।

नयाँ नियमअनुसार भिसा, मास्टरकार्ड, एफ्टपोस र अमेरिकन एक्सप्रेसजस्ता कार्डबाट भुक्तानी गर्दा व्यवसायले ग्राहकबाट छुट्टै कार्ड शुल्क लिन पाउने छैनन्।

यसअघि कार्डबाट भुक्तानी गर्दा लाग्ने लागतका आधारमा व्यवसायले ग्राहकसँग अतिरिक्त शुल्क लिन पाउने व्यवस्था थियो।

अब यस्तो शुल्क लिन नपाइने भए पनि व्यवसायले कार्ड भुक्तानीको लागतलाई वस्तु वा सेवाको समग्र मूल्यमा समावेश गर्न भने सक्नेछन्।

नयाँ व्यवस्था कार्ड सर्चार्जमा मात्र लागू हुनेछ भने बुकिङ, सेवा तथा सप्ताहन्त वा सार्वजनिक बिदाका अन्य शुल्कमा लागू नहुने व्यवस्था छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-23' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6