Friday, 23 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ News ∕ बलिउडका चर्चित अभिनेता नाना पाटेकरको निधन

बलिउडका चर्चित अभिनेता नाना पाटेकरको निधन


बलिउड तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ।

गोवास्थित मणिपाल अस्पतालका चिकित्सक डा. शेखर सालकरका अनुसार पाटेकरलाई घरमै गम्भीर हृदयाघात भएको थियो।

‘लगातार ४५ मिनेटसम्म सीपीआर दिँदा पनि उहाँलाई बचाउन सकिएन,’ डा. सालकरले एएनआईलाई बताएका छन्।

गोवाको डोना पाउलास्थित निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई अस्पताल लगिएको थियो।

अस्पतालले बिहान करिब ५ः२० बजे उनलाई मृत घोषणा गरेको थियो।

‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘अब तक छप्पन’, ‘वेलकम’ र ‘नटसम्राट’ लगायत चलचित्रमा अभिनय गरेका छन्।

पाटेकरलाई सन् २०१३ मा भारत सरकारले पद्मश्रीबाट सम्मान गरेको थियो।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-23' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6