Friday, 23 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ News ∕ मन्त्र थकालीले स्वीकार गर्यो कमजोरी, ग्राहकसँग माग्यो माफी

मन्त्र थकालीले स्वीकार गर्यो कमजोरी, ग्राहकसँग माग्यो माफी


महाराजगञ्जस्थित मन्त्र थकालीले खाद्य स्वच्छतासम्बन्धी कमजोरी स्वीकार गर्दै ग्राहकसँग माफी मागेको छ।

खाद्य स्वच्छता तथा सरसफाइमा कमजोरी भेटिएपछि मन्त्र थकालीलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको थियो।

अनुगमनका क्रममा खाद्य स्वच्छतासम्बन्धी कमजोरी भेटिएको थियो। कमजोरी सुधार गर्न रेस्टुरेन्टलाई सात दिनको समय समेत दिइएको छ।

रेस्टुरेन्टले खानामा किरा परेको भन्ने समाचारको खण्डन गर्दै सागमा देखिएको विषयलाई बाहिर अतिरञ्जित रूपमा प्रचार गरिएको दाबी गरेको छ।

‘अनुगमनका क्रममा सागमा देखिएको उक्त विषय र अन्य केही कमीकमजोरी औंल्याइएकोमा हामी भित्रैदेखि ग्लानि महसुस गर्दै यसबाट पर्न गएको अन्योलप्रति हृदयदेखि नै क्षमाप्रार्थी छौं,’ रेस्टुरेन्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आगामी दिनमा स्वच्छ र गुणस्तरीय सेवा दिन प्रतिबद्ध रहेको पनि रेस्टुरेन्टले जनाएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-23' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6