Friday, 23 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ News ∕ गोरखमाको बूढीगण्डकीमा बाढी: जलविद्युत् आयोजनामा ठूलो क्षति

गोरखमाको बूढीगण्डकीमा बाढी: जलविद्युत् आयोजनामा ठूलो क्षति


उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको छ।

गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार बिहान करिब साढे ५  बजे चुम्चेतस्थित उग्युलुङ खोला र स्यार खोला क्षेत्रमा आएको बाढी तथा पहिरोले बूढीगण्डकी नदी केहीबेर थुनिएको जानकारी आएको थियो।

सोही कारण नदीमा जम्मा भएको पानी एक्कासि खुल्दा ठूलो बाढी आएको उहाँले बताउनुभयो।

बाढीले सल्लेरी, घट्टेखोला, जगत र सिर्दिबासलगायतका क्षेत्रमा क्षति पुर्‍याएको छ।

बाढीले ३४१ मेगावाट क्षमताको निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणस्थल र क्याम्प पूरै बगाएको छ।

यस्तै मिश्रले बाढीबाट अहिलेसम्म मानवीय क्षति नभएको जानकारी आएको बताउनुभयो। अन्य विवरण भने आउन बाँकी रहेको उहाँको भनाइ छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-23' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6