Sunday, 22 November 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ News ∕ अस्ट्रेलियामा घरेलु हिंसासम्बन्धी नियम थप कडा, भिसा रद्द वा अस्वीकृत हुन सक्ने

अस्ट्रेलियामा घरेलु हिंसासम्बन्धी नियम थप कडा, भिसा रद्द वा अस्वीकृत हुन सक्ने


अस्ट्रेलियामा घरेलु तथा पारिवारिक हिंसासम्बन्धी घटनालाई भिसासम्बन्धी निर्णयमा थप गम्भीरताका साथ मूल्याङ्कन गरिने भएको छ।

अक्टोबर ३१ देखि लागू भएको नयाँ मन्त्रिस्तरीय निर्देशन ‘मिनिस्टरियल डाइरेक्सन १२३’ ले घरेलु तथा पारिवारिक हिंसासम्बन्धी व्यवहारको मूल्यांकनलाई थप महत्त्व दिएको छ।

नयाँ व्यवस्थाअनुसार घरेलु हिंसासम्बन्धी घटनामा अदालतबाट दोषी ठहर भएको अवस्था मात्रै नभई अन्य विश्वसनीय प्रमाण र सम्बन्धित व्यक्तिको व्यवहारलाई समेत भिसासम्बन्धी निर्णय गर्दा विचार गर्न सकिने एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस मेलवर्नका रजिस्ट्रर माइग्रेसन एजेन्ट बसन्त पोखरेलले जानकारी दिनुभयो।

उहाँका अनुसार प्रहरी रिपोर्टलगायतका प्रमाणका आधारमा पनि घटनाको मूल्याङ्कन हुन सक्ने भए पनि प्रहरीमा उजुरी परेको मात्र कारणले भिसा स्वतः रद्द हुने भने होइन।

घरेलु हिंसामा शारीरिक कुटपिट मात्र नभई मानसिक दुर्व्यवहार, धम्की, नियन्त्रणकारी व्यवहार र प्रविधि तथा सामाजिक सञ्जालमार्फत गरिने दुर्व्यवहारसमेत पर्न सक्छन्।

प्रस्तुत विवरणअनुसार अस्ट्रेलियाको गृह मामिला विभागको सन् २०२५–२६ को तथ्यांकमा चरित्रसम्बन्धी आधारमा ७८९ जनाको भिसा रद्द र ५३७ जनाको भिसा अस्वीकृत भएको उल्लेख छ।

नयाँ निर्देशनले घरेलु हिंसासम्बन्धी व्यवहारलाई भिसा निर्णयमा थप महत्त्व दिने भएकाले अस्ट्रेलियामा रहेका नेपालीसहित सबै आप्रवासीलाई कानुनी व्यवस्थाबारे सचेत रहन आग्रह गरिएको छ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-11-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6