Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ अष्ट्रेलियाको भिक्टोरियाले पनि विदेशी विद्यार्थी भित्र्याउदै, प्राथमिकतामा को ?

अष्ट्रेलियाको भिक्टोरियाले पनि विदेशी विद्यार्थी भित्र्याउदै, प्राथमिकतामा को ?


मेलवर्न/पाईलट योजनाको रुपमा अष्ट्रेलियाको भिक्टोरिया राज्यले पनि डिसेम्बरबाट अन्तराष्ट्रिय विद्यार्थी भित्र्याउने भएको छ । राज्यमाकोरोनाको पुरा खोप लगाउने १६ वर्षमाथीका मानिसको संख्या ९० प्रतिशत पुगेको छ । यो संगै भिक्टोरियाले आफ्नो राज्यमा आउनेविदेशी विद्यार्थीले क्वारेन्टिन बस्नु नपर्ने घोषणा गरेको छ ।

तर, विद्यार्थीले अष्ट्रेलियाले यात्राका लागि अनुमति दिएका खोपको पुरा मात्रा लगाएको हुनुपर्ने छ । अष्ट्रेलियाले नेपालमा लगाईएकोभेरोसिल, जोनसन एण्ड जोनसन र एष्ट्रजेनिका खोप लगाएकालाई यात्राका लागि अनुमति दिएको छ ।

भिक्टोरियाका मन्त्री मार्टिन पकुलाले जारी गर्नु भएको विज्ञप्ती अनुसार विद्यार्थीहरुले राज्यमा ओर्लनु अघि ७२ घण्टाभित्र परिक्षण गरेरकोरोना नेगेटिभ भएको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

भिक्टोरियाले मेडिकलका विद्यार्थी, रिसर्च र प्राक्टिकल गर्ने विद्यार्थीलाई प्राथमिकताका साथ भित्रयाउने विज्ञप्तीमा भनिएको छ ।भिक्टोरिया राज्यका शैक्षिकसंस्थाहरुमा भर्ना भएका ४९ हजार विद्यार्थी सिमा बन्दका कारण बाहिर अड्किएका छन् । उनीहरु सबैलाईक्रमिक रुपमा भित्र्याईने छ । राज्यमा विदेशी विद्यार्थीले वार्षिक १३.७ विलियन डलर भित्र्याउदै आएको छ ।

यसअघि न्यु साउथ वेल्स राज्यले डिसेम्बर देखि विदेशी विद्यार्थी भित्र्याउन थाल्ने घोषणा गरिसकेको छ । डिसेम्बर ६ मा २५० विद्यार्थीसिड्नी उत्रिने तय भएको छ । पुरा खोप लगाएका उनीहरुले पनि क्वारेन्टिन बस्नु पर्दैन ।


ट्याग : #Australia, #Australia border, #international students
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6