Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ अष्ट्रेलियाले सिमा कडा पार्दै, विदेशबाट आउनेलाई ७२ घण्टा आईसोलेसन

अष्ट्रेलियाले सिमा कडा पार्दै, विदेशबाट आउनेलाई ७२ घण्टा आईसोलेसन


सिड्नी/ कोरोना भाईरसको नयाँ प्रजाति ओमिक्रोनको डर बढेसंगै अष्ट्रेलियाले पनि आफ्नो अन्तराष्ट्रिय सिमा कडा पार्न थालेको छ ।अष्ट्रेलियाले शनिवार बिहानैदेखि अफ्रिकी देशहरुसंग सिमा बन्द गरि, त्यहाबाट १४ दिनभित्र प्रवेश गरेकालाई क्वारेन्टिन बस्न निर्देशन दिईसकेको छ ।

बद्लिदो परिस्थितीलाई मुल्याकंन गर्दै अष्ट्रेलियाले सबै देशबाट आउने दुबै खोप लगाएका यात्रुलाई ७२ घण्टा आईसोलेसनमा बस्नुपर्नेनियम लगाएको छ । न्यु साउथ वेल्स र भिक्टोरिया राज्यमा यो नियम लागु भएको हो । यसअघि यी दुई राज्यले पुरा खोप लगाएकायात्रुलाई क्वारेन्टिन बस्नुपर्ने नियम हटाएको थियो ।

त्यस्तै यी दुई राज्यले अन्तराष्ट्रिय विमानका उडान दलका सदस्यहरुलाई १४ दिन आईसोसनमा बसेपछि मात्र अर्को उडान भर्न दिने नियमलागु गरेको छ ।

हालसम्म अष्ट्रेलियामा नयाँ प्रजातिको कोरोना देखिएको छैन । यदपी नर्दन टेरिटोरीको हावार्ट क्वारेन्टिनमा आईसोलसनमा बसेका एकयात्रुमा भने नयाँ प्रजातिको कोरोना परिक्षण गरिएको छ । ती यात्रु अफ्रिकाबाट आएका थिए  । अफ्रिकाबाट पछिल्लो १४ दिनमा १ सययात्रु अष्ट्रेलिया आएका छन् ।

यस भाईरसका बारेमा थप अनुसन्धान भईरहेको छ । थप सुचनाहरु उपलब्ध नभईन्जेल समुदायलाई सुरक्षित राख्नका लागि तत्कालैमहत्वपुर्ण कदम लिनु पर्ने भएकाले आईसोलेसन र क्वारेन्टिनको नियम ल्याईएको न्यु साउथ वेल्सका प्रिमियर डोमेनिक पेरोटेटलेजानकारी दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6