Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaडब्लुएचओले भन्यो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन चिन्ताको विषय’, १० देशमा पहिचान

डब्लुएचओले भन्यो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन चिन्ताको विषय’, १० देशमा पहिचान


काठमाडौं । विश्व स्वास्थ्य संगठनले ‘नयाँ भेरियन्ट अफ कन्सर्न’ ओमिक्रोन पत्ता लागेसँगै विश्वभर उच्च सतर्कता अपनाउन सुझाब दिएको छ । विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयले प्रेस विज्ञप्ति नै जारी गर्दै सबै देशहरूले सर्भेलेन्स, जनस्वास्थ्यका मापदण्ड, सामाजिक दूरीका साथै खोप कार्यक्रमलाई बढावा दिनुपर्ने बताएको हो। पत्रमार्फत नेपालसहित दक्षिण–पूर्वी एसियाका देशहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ।

डब्लूएचओकी क्षेत्रीय निर्देशक डा। पुनम क्षेत्रपाल सिंहले दक्षिण–पूर्वी एशियाका अधिकांश देशहरुमा कोभिड–१९ संक्रमितहरुको संख्या तुलनात्मक रुपमा कम हुँदै गएपनि विश्वका केही देशमा नयाँ भेरियन्ट फेला परेको बताउनुभएको छ । डब्लुएचआले सबै देशहरुले सर्भेलेन्सका साथै सिक्वेन्सिङमा पनि जोड दिन आग्रह गरेको छ। अन्य देशबाट आफ्नो देशमा नयाँ भेरियन्टलाई भित्रिन नदिनका लागि अन्तर्राष्ट्रिय यात्रा गर्नेहरु माथि थप निगरानीका साथै नियन्त्रणका उचित उपायहरु उपनाउनसमेत सबैलाई सुझाव दिएको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ओमिक्रोनलाई ‘चिन्ताको विषय’ भनिसरहेको छ । तर ओमिक्रोन कति संक्रामक छ र विद्यमान खोप एवं उपचार विधिले यसविरुद्ध काम गर्ने वा नगर्ने भनेर पुष्टि गर्न अनुशन्धान भैरहेको छ ।

यी १० देशमा फैलियो ओमिक्रोन

पछिल्लो विवरण अनुसार हालसम्म दक्षिण अफ्रिका लगायत १० वटा मुलुकमा ओमिक्रोनका संक्रमित फेला परेका छन् ।

१. अष्ट्रेलिया
अष्ट्रेलियाको स्वास्थ्य विभागले दुई जना यात्रुमा ओमिक्रोन देखा परेको बताएको छ । दुवै जना संक्रमित कतार एयरवेजबाट दोहा हुँदै सिड्नी आएका व्यक्ति हुन ।

२. इटाली
इटलीको समाचार माध्यम लाप्रेसेका अनुसार मोजाम्बिकबाट फर्किएका एक व्यक्तिमा ओमिक्रोन पोजिटिभ देखिएको छ । उनीसँगै दुई बालबालिकासहित परिवारका ५ सदस्य समेत संक्रमित भएको सरकारी स्वास्थ्य अधिकारिहरुले जनाएका छन् ।

३. जर्मनी
नोभेम्बर २४ गते दक्षिण अफ्रिकाबाट जहाजमा आएका दुई जना यात्रुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। जिन सिक्वेन्सिङ हुन बाँकी भएपनि नयाँ भेरियन्टबाटै यी यात्रु संक्रमित भएको स्वास्थ्य अधिकारिहरुले बतइसकेका छन् ।

४. नेदरल्याण्ड
नेदरल्याण्डका स्वास्थ्य अधिकारीले शुक्रबार दक्षिण अफ्रिकाबाट आएका ६१ यात्रुमा कोभिड–१९ पुष्टि भएको र यसमध्ये केही यात्रुमा नयाँ ओमिक्रोन भेरियन्टको संक्रमण देखिएको जानकारि गराएका छन् ।

५. बेलायत
बेलायतमा २ जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । बेलायती स्वास्थ्यमन्त्री साजिद जाभिदले दुबैजना संक्रमित दक्षिण अफ्रिकी क्षेत्रको यात्रा मार्फत आएको जानकारी गराउनुभएको छ ।

६. इजरायल
इजरालयले एक व्यक्तिमा ओमिक्रोन भेरियन्ट देखिएपछि विभिन्न आपतकालीन कदम चालेको छ । नोभेम्बर २६ मा मलावीबाट आएका एक व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्यमन्त्रीले नै पुष्टि गर्नुभएको छ ।

७. हङकङ
दक्षिण अफ्रिकापछि ओमिक्रोन भेरियन्ट फेला पर्ने दोस्रो मुलुक बनेको छ, हङकङ । यहाँ पछिल्लो विवरणअनुसार दुई जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको छ ।

८. बोत्स्वाना
दक्षिण अफ्रिकी मुलुक बोत्स्वानामा हालसम्म नयाँ भेरियन्टबाट एकजना संक्रमित पहिचान भएका छन् ।

९. बेल्जियम
ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिने पहिलो युरोपेली मुलुक बेल्जियम हो । यहाँ शुक्रबार ओमिक्रोनका एक संक्रमित फेला परेको स्वास्थ्यमन्त्री फ्र्याङ्क भन्डेनब्रुकेकाले जानकारि दिनुभएको थियो । विदेशबाट आएका तर खोप नलगाएका व्यक्तिमा ओमिक्रोन संक्रमण पुष्टि भएको हो ।

१०. चेक गणतन्त्र
उत्तरी क्षेत्रको लिबेरेक शहरस्थित क्षेत्रीय अस्पतालका प्रवक्ता भ्याक्लाभ रिकारले शनिबार चेक टेलिभिजनमा बोल्दै एक महिलामा ओमिक्रोन पुष्टि भएको जानकारि दिनुभएको छ । जिन सिक्वेन्सिङपछि नयाँ भेरियन्टको सम्भावना ९० प्रतिशत रहेको पुष्टि चिकित्सकहरुले गरेका छन् ।

अमेरिकामा जोखिमको उच्च आँकलन गरिदैगर्दा नेपालसँगको छिमेकी मुलुक भारतमा ओमिक्रोनबाट आइतबार बेलुकासम्म कोही पनि संक्रमित भएका छैनन् । एजेन्सीहरूको सहयोगमा



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6