Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaडिसेम्बर १ मा अष्ट्रेलियाको सिमाना नखुल्ने । विद्यार्थी अब कहिले आउन पाउलान् ?

डिसेम्बर १ मा अष्ट्रेलियाको सिमाना नखुल्ने । विद्यार्थी अब कहिले आउन पाउलान् ?

ओमिक्रोन प्रभाव


सिड्नी, डिसेम्बर १ तारिखमा अष्ट्रेलियाले विद्यार्थी लगायत २८ वटा भिषाधारीका लागि खुल्ला गर्न लागेको सिमाना तत्काल नखुल्ने भएको छ ।
ओमिक्रोन भन्ने कोरोनाको नयाँ प्रजाति भेटिएपछि सावधानी अपनाउन भन्दै अष्ट्रेलियाले तत्काललाई सिमाना नखुल्ने जनाएको छ । सोमबार अबेर आपतकालिन रुपमा बसेको राष्ट्रिय मन्त्रीपरिषद र राष्ट्रिय सुरक्षा समितिको बैठकले आगामी १५ डिसेम्बरसम्म सिमाना नखोल्ने निर्णय गरेको हो ।

नयाँ प्रजातिको कोरोना भाइरसको बारे यथेष्ट जानकारीहरु उपलब्ध भइनसकेकाले तत्कालै जोखिम लिन नसकिने आकलन गरेर सिमा नखोल्ने निर्णय गरिएको हो । अष्ट्रेलियाको प्रमुख स्वास्थ्य अधिकारी पल केलीको सुझाव अनुसार सरकारले यस्तो निर्णय गरेको हो । दुइ हप्ताको समयमा यस भाइरसको प्रभाव, खोपको असर मुल्यांकन गरेर निर्णय लिने बताइएको छ । यसबिचमा पनि पुरा खोप लगाएका नागरिक, पिआरधारी तथा उनीहरुको नजिकको परिवारका सदस्यहरु भने आउन पाउनेछन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6