Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaविदेशबाट सिड्नी आउनेले अब पिसिआरको सट्टा ‘रापिड एन्टिजन टेष्ट’ गरे हुने, (टेष्ट गर्ने तरिका सहित)

विदेशबाट सिड्नी आउनेले अब पिसिआरको सट्टा ‘रापिड एन्टिजन टेष्ट’ गरे हुने, (टेष्ट गर्ने तरिका सहित)


सिड्नी/विदेशबाट आउने यात्रुले अबदेखि पिसिआर टेष्टको सट्टामा छिटो र छरिदो तरिकाले आफैले गर्न मिल्ने ¥यापिड एन्टिजन टेष्ट गरे हुने भएको छ ।  पिसिआर टेष्ट गर्नेको घुइचो लागेरे रिपोर्ट आउन कयौं दिन कुनुपर्ने भएपछि न्यु साउथ वेल्स सरकारले एन्टिजन टेष्टलाई पनि मान्यता दिने भएको हो । हाललाई विदेशबाट आउने यात्रुका लागि न्यु साउथ वेल्स राज्यले मात्रै यसलाई मान्यता दिएको छ ।

यसअघि विदेशबाट आउने यात्रुले न्यु साउथ वेल्स आएको २४ घण्टाभित्रमा पिसिआर टेष्ट गरि नेगेटिभ हुनुपर्ने व्यवस्था गरेका थियो । डिसेम्बर ३१ तारिख मध्यरात अर्थात शुक्रबारदेखि आउने यात्रुले भने पिसिआरको सट्टा आफैले एन्टिजन टेष्ट गरे पुग्छ ।

यस्तो छ प्रकृया

दुबै खोप लगाएका विदेशबाट आउने यात्रुहरु सुरक्षित तवरले विमानस्थलबाट सिधै आफ्नो बासस्थान जानुपर्दछ । त्यसपछि सकेसम्म छिटो घरमै ¥यापिड एन्टिजन टेष्ट गर्नुपर्दछ । यो टेष्ट किट सस्तोमा औषधी पसलहरुमा किन्न पाइन्छ । एन्टिजन टेष्टबाट कोभिड नेगेटिभ रिपोर्ट नआउन्जेल आइसोलेसनमा बस्नुपर्नेछ । एन्टिजनको रिपोर्ट न्यु साउथ वेल्स सरकारलाई दिनु पर्दैन ।

न्यु साउथ वेल्स सरकाराको हेल्थ वेवसाइटमा उपलब्ध जानकारी अनुसार नेगेटिभ नतिजा आएपनि सो व्यक्तिले सात दिनसम्म उच्च जोखिमहरु स्थानहरु जस्तै एज केयर, स्वास्थ्य संस्थामा भ्रमण गर्न पाउनेछैन । एन्टिजन टेष्टमा कोरोना पोजिटिभ आएमा भने यथासक्य पिसिआर टेष्ट गर्नुपर्दछ । पिसिआर टेष्टका लागि भने तपाई आइसोलेसनबाट बाहिर निस्कन सक्नुहुनेछ । पिसिआर टेष्ट गर्न जादा सार्वजनिक यातायातका साधानहरु बस, रेल, ट्याक्सी र राइड सेयरको प्रयोग गर्न मिल्दैन । नजिकै छ भने हिडेर, निजी कारमा वा साइकल वा मोटरसाइकलमा पिसिआर टेष्ट गर्ने स्थलसम्म जान सकिन्छ ।

यदि गाडी चलाउन सकिदैन भने संगै बस्ने साथीलाई गाडी चलाउन लगाएर जान सकिन्छ । त्यसो गर्दा चालकको अर्को पट्टी साडडको पछाडी सिटमा बस्ने, तथा मास्क लगाएर दुबै तर्फको झ्याल खोल्नुपर्ने न्यु साउथ वेल्स सरकारले जनाएको छ । थप जानकारीका लागि यो लिंकमा जानुहोला ।

टेष्ट गर्ने तरिका



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6