Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeEntertainment१९ वर्षीय प्रिस्किला गुरुङले जितिन मिस एयरहोस्टेज–२०२१ को ताज

१९ वर्षीय प्रिस्किला गुरुङले जितिन मिस एयरहोस्टेज–२०२१ को ताज


काठमाडौं । गोरखाकी १९ वर्षीय प्रिस्किला गुरुङले मिस एयरहोस्टेज २०२१ तज जित्नुभएको छ । सिजन मिडियाद्वारा आयोजना गरिएको मिस एयरहोस्टेज २०२१ पाँचौँ संस्करणको ताज गुरुङले हात पार्नुभएको हो । गुरुङले २५ जना प्रतिस्पर्धीलाई पछिपार्दै उपाधी जित्नुभएको हो ।

प्रतियोगी आशा डंगुरा फस्ट रनरअपहुँदा सृजु घिमिरेले सेकेन्ड रनरअप सँगै पपुलर अवार्ड हात पार्नुभयो । विजेता गुरुङले एक वर्षभित्र विमान परिचारिकाको रोजगारी साथै डम डाइनामिक स्कीन हस्पिटलको तर्फबाट रु २० हजारको गिफ्ट भौचर प्राप्त गर्नुभएको छ । सिम पर्सनालिटी प्रकृति गुरुङ, मल्टिमिडिया रेखा भण्डारी, मिस कन्फिडेन्ट साङ्मालामु शेर्पा, मिस फोटोजेनिक मेलिना राजवंशी, मिस बेस्टवाक प्रिया कर्माचार्य र बेस्ट ड्रेसको अवार्ड समीक्षा माझीले हातपार्न सफल भएका छन् ।

उपाधि वितरण कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले यस्ता कार्यक्रमले नेपालको हवाई क्षेत्रमा रोजगारी सिर्जना गर्न दबाब पुर्याउने बताउनुभयो । नेपालको एकमात्र ध्वजाबाहक एयरलाइन्सलाई विमानखरिद प्रक्रियामा लगेर उत्कृष्ठ बनाउने दाबी मन्त्री आलेले गर्नुभएको थियो ।

कार्यक्रममा नेपालमा रहेर नेपाली हवाई उडड्यन क्षेत्रमा विगतलामो समयदेखि योगदान दिने वरिष्ठ क्याप्टेन दधिराम निरौला, सीता एयरका व्यवस्थापक घनश्याम राज आचार्य, गुण एयरका प्रज्वल थापा, बुद्ध एयरका खगेन्द्र बस्नेत, क्याप्टेन विवेक खड्का, पूर्वविमानचारिका रेनु राई, सुवास बस्नेत, पत्रकार अच्युत पुरी, अग्निनियन्त्रक सुनिता सिवाकोटीलगायतलाई सम्मान गरिएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6