Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा एकै दिन थपिए ४३ हजार बढी कोरोना संक्रमित, सबै राज्यको अवस्था भने सामान्य

अष्ट्रेलियामा एकै दिन थपिए ४३ हजार बढी कोरोना संक्रमित, सबै राज्यको अवस्था भने सामान्य


ब्रिजबेन,अष्ट्रेलिया । पछिल्लो २४ घण्टामा मात्रै अष्ट्रेलियामा ४३ हजार बढी कोरोना संक्रमित थपिएका छन् । अष्ट्रेलियाका विभिन्न राज्यमा गरी पछिल्लो २४ घण्टामा ४३ हजार ५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा सबैभन्दा बढी २३ हजार १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८३ हजार ३७६ स्वाब परीक्षणमार्फत यी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य विभागले जानकारि दिएको छ । पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।

यता, भिक्टोरियामा पछिल्लो २४ घण्टामा १४ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६० हजार ५१५ जनाको परीक्षणबाट ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । भिक्टोरियामा मंगलबार कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । भिक्टोरियामा सक्रिय कोरोना संक्रमितको संख्या ४८ हजार २९७ रहेको छ ।

यस्तै क्वीन्सल्याण्डमा ५ हजार ६९९ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा गरिएको ३३ हजार ३१३ परीक्षणमा यी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । क्वीन्सल्याण्डमा संक्रिय संक्रमितको संख्या २५ हजार ९२४ रहेको स्थानीय स्वास्थ्य विभागले जानकारि दिएको छ । तास्मनियामा समेत सोमबार २ हजार ८८ परिक्षणमा गर्दा ७०२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । तास्मनियामा सक्रिय कोरोना संक्रमितको संख्या २ हजार २४४ पुगेको छ ।

कोरोनाविरुद्धको खोपले तिब्रता पाएका राज्यहरुमै कोरोना महामारिले थप विस्तार पाइरहँदा स्वास्थ्य अधिकारिहरु चिन्तित बनेका छन् । संक्रमणदर उच्च बन्न थालेपनि मृत्युदर भने न्युन नै रहेको स्वास्थ्य अधिकारिहरुले बताएका छन् । सरकारले कोरोना महामारिले तिब्रता पाएपनि बन्दाबन्दीको नियम लागु नगर्न बताइरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6