Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ अष्ट्रेलियामा एकै दिन थपिए ४३ हजार बढी कोरोना संक्रमित, सबै राज्यको अवस्था भने सामान्य

अष्ट्रेलियामा एकै दिन थपिए ४३ हजार बढी कोरोना संक्रमित, सबै राज्यको अवस्था भने सामान्य


ब्रिजबेन,अष्ट्रेलिया । पछिल्लो २४ घण्टामा मात्रै अष्ट्रेलियामा ४३ हजार बढी कोरोना संक्रमित थपिएका छन् । अष्ट्रेलियाका विभिन्न राज्यमा गरी पछिल्लो २४ घण्टामा ४३ हजार ५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा सबैभन्दा बढी २३ हजार १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८३ हजार ३७६ स्वाब परीक्षणमार्फत यी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य विभागले जानकारि दिएको छ । पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।

यता, भिक्टोरियामा पछिल्लो २४ घण्टामा १४ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६० हजार ५१५ जनाको परीक्षणबाट ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । भिक्टोरियामा मंगलबार कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । भिक्टोरियामा सक्रिय कोरोना संक्रमितको संख्या ४८ हजार २९७ रहेको छ ।

यस्तै क्वीन्सल्याण्डमा ५ हजार ६९९ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा गरिएको ३३ हजार ३१३ परीक्षणमा यी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । क्वीन्सल्याण्डमा संक्रिय संक्रमितको संख्या २५ हजार ९२४ रहेको स्थानीय स्वास्थ्य विभागले जानकारि दिएको छ । तास्मनियामा समेत सोमबार २ हजार ८८ परिक्षणमा गर्दा ७०२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । तास्मनियामा सक्रिय कोरोना संक्रमितको संख्या २ हजार २४४ पुगेको छ ।

कोरोनाविरुद्धको खोपले तिब्रता पाएका राज्यहरुमै कोरोना महामारिले थप विस्तार पाइरहँदा स्वास्थ्य अधिकारिहरु चिन्तित बनेका छन् । संक्रमणदर उच्च बन्न थालेपनि मृत्युदर भने न्युन नै रहेको स्वास्थ्य अधिकारिहरुले बताएका छन् । सरकारले कोरोना महामारिले तिब्रता पाएपनि बन्दाबन्दीको नियम लागु नगर्न बताइरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6