Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ ज्वालामुखी विष्फोट भएपछि अष्ट्रेलियामा सुनामी आउने खतरा, सचेत रहन सूचना

ज्वालामुखी विष्फोट भएपछि अष्ट्रेलियामा सुनामी आउने खतरा, सचेत रहन सूचना


ब्रिजवेन/अष्ट्रेलियाबाट नजिकै प्रशान्त महासागरमा रहेको टोङ्गा भन्ने आईल्याण्डमा ज्वालामुखी विष्फोट हुदा सुनामीको जोखिमबढेको छ । समुन्द्र भित्र विष्फोट भएको ज्वालामुखीले पानीमा ल्याएको हलचलका कारण अष्ट्रेलियाको पुर्वी तटिय क्षेत्रमा सुनामीकोजोखिम बढेको मौसम व्युरोले जनाएको छ ।

ब्युरोका अनुसार शनिवार मध्यान्ह ज्वालामुखी विष्फोट भएको हो । ज्वालामुखी यति विशाल थियो कि त्यसको आवाज १ हजारकिलोमिटर पर रहेको फिजी र ९ हजार किलोमिटर टाढा रहेको अलास्कासम्म पनि मापन गरिएको थियो ।

अष्ट्रेलियाको कुईन्सल्याण्ड, न्यु साउथ वेल्स, भिक्टोरिया र तास्मानियाको तटिय क्षेत्रमा सुनामी आउन सक्ने र समुन्द्रमा पानी तह बढ्नसक्ने सुचना जारी गरिएको छ । गोलकोष्टमा समुन्द्रमा विशाल छालहरु आउन थालिसकेको स्थानिय संचारमाध्यमले जनाएको छ । सिड्नीमा बिचहरु बन्द गरिएको छ।

जोखिम हुने भन्दै समुन्द्रमा पौडी नखेल्न स्थानिय प्रशासनले सुचना जारी गरेको छ । सुनामी खतरा रहेको भन्दै प्यासिफिक देशहरु, न्युजल्याण्ड, क्यानाडा, अमेरिका र जापानले पनि सुचना जारी गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6