Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ अष्ट्रेलियामा एकैदिन थपिए एक लाख ३० हजार बढी कोरोना संक्रमित, ५३ जनाको मृत्यु

अष्ट्रेलियामा एकैदिन थपिए एक लाख ३० हजार बढी कोरोना संक्रमित, ५३ जनाको मृत्यु

राज्य अनुसार यस्तो छ कोरोना महामारिको अवस्था


ब्रिजबेन,अष्ट्रेलिया । अष्ट्रेलियामा आइतबार एक लाख ३० हजार ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ५३ जनाको ज्यान गएको छ ।

कुन राज्यमा कोरोनाको अवस्था कस्तो ?
पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्र्समा मात्रै ६३ हजार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परीक्षणबाट २५ हजार ८० र एन्टिजेन परीक्षण गर्दा ३७ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको न्यु साउथ वेल्स स्वास्थ्य विभागले जानकारि दिएको हो । न्यु साउथ वेल्समा कोरोनाबाट पछिल्लो २४ घण्टामा २९ जनाको मृत्यु भएको छ ।

भिक्टोरियामा पछिल्लो २४ घण्टामा २८ हजार १२८जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परीक्षणबाट १७ हजार ७९१ र एन्टिजेन परीक्षणबाट १० हजार ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य विभागले जानकारि दिएको हो । भिक्टोरियामा पछिल्लो २४ घण्टामा संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । येसँगै भिक्टोरियामा सक्रिय कोरोना संक्रमितको संख्या दुई लाख ३७ हजार ५५९ पुगेको छ ।

क्वीन्सल्याण्डमा १७ हजार ४४५ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणबाट १३ हजार ८३० र एन्टिजेन परीक्षणबाट ४ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकारिले जानकारि दिएका हुन् । क्वीन्सल्याण्डमा संक्रिय संक्रमितको संख्या दुई लाख ३ हजार ६५७ पुगेको स्वास्थ्य विभागले जानकारि दिएको छ । पछिल्लो २४ घण्टाको अबधीमा क्वीन्सल्याण्ड कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।

यता, पछिल्लो २४ घण्टामा तास्मनियामा १ हजार २०१, उत्तरी क्षेत्रमा ५ सय ४६, दक्षिण अष्ट्रेलियामा ५ हजार ६७९ र एसीटीमा १ हजार १२५ जनामा कोरोना संक्रमित पहिचान भएका छन् । खोप अभियानले तिब्रता पाएको अष्ट्रेलियामा ओमिक्रोनको भेरियन्टसँगै कोरोना महामारिले तिब्रता पाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6