Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ News ∕ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेप्रति एनआरएनए अष्ट्रेलियाकाे शाेक वक्तव्य

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेप्रति एनआरएनए अष्ट्रेलियाकाे शाेक वक्तव्य


सिड्नी

बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति एनआरएनए अष्ट्रेलियाले श्रद्धान्जली व्यक्त गरेकाे छ । 

संघका प्रवक्ता डिला खरेलद्वारा जारी शाेक वक्तव्यमा भनिएकाे छ – ‘पर्यटनमन्त्री रबिन्द्र अधिकारीसहित सात जनाकाे निधन भएकाे अत्यन्त दुखद दुर्घटना र अकल्पनिय घटनाप्रति एनआरएनए अष्ट्रेलिया दुख व्यक्त गर्दछ’ । 

ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको  हाे ।

तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट काठमाडौं फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

हेलिकोप्टरमा सवार पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको हो ।

 

एनआरएनए अष्ट्रेलियाकाे शाेक वक्तव्य



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6