Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNews८१ मिटर अग्लो झरनामा अभिभावकलाई वनभोज

८१ मिटर अग्लो झरनामा अभिभावकलाई वनभोज


सिड्नी

नेपालबाट छोराछोरी भेट्न आएका अभिभावलाई अष्ट्रेलियाको नेपाली समाजमा घुलमिल गर्न वनभोज कार्यक्रमको आयोजना गरिने भएको छ । छोराछोरी दिनरात काममा जानुपर्ने, अन्य मानिससंग परिचय कम हुने तथा भाषाको समस्याका कारण अष्ट्रेलिया भ्रमणमा आएका अभिभावकहरु एक्लोपनको सिकार हुने गर्छन् । त्यहि एक्लोपन हटाउनका लागि गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्य र क्यानवेराले संयुक्त रुपमा वनभोज आयोजना गर्न लागेको हो । वनभोज कार्यक्रम मार्च ३० तारिख शनिवार फिट्जरोय झरनामा तय भएको छ ।
“अभिभावकहरुलाई नेपाली समाजमा घुलमिल गर्न हामीले चार वर्षदेखि वर्षेनी वनभोज आयोजना गरिरहेका छौ”- एनआरएनएका एनएसडब्लु संयोजक नन्द गुरुङले भने -“यसले उहाँहरुको एक्लोपन हटाउन सहयोग गर्नेछ” ।

मार्च ३० तारिख शनिवार विहान साढे ६ बजे अभिभावकहरु सिड्नी र क्यानवेराको तोकिएको स्थानबाट वनभोजका लागि तोकिएको बस चढ्नुपर्ने छ । सिड्नीको हन्सबी, आशफिल्ड, अवर्न, ग्रान्भिल, ब्लाकटाउन, क्याम्सी, कोग्रा, पेन्सहस्र्ट, वेष्टमिड, अटार्मोन, इङगलवर्न, बर्दिया र मिटागोङबाट अभिभावकले बस चढ्न सक्नेछन् ।


वनभोज कार्यक्रममा सहभागी हुन अभिभावकले ३० डलर तिर्नुपर्नेछ । शुल्कका बारेमा नेपाली समाजमा केही बिरोध समेत भएको छ । तर, संघका उपाध्यक्षसमेत रहेका नन्द गुरुङ भने शुल्क लिने र नलिने भन्नेमा विभिन्न मत आएकाले न्युनतम रकम मात्रै उठाउने निर्णय गरिएको बताउनुभयो ।
वनभोज कार्यक्रममा झण्डै एक हजार अभिभावक सहभागी हुने आयोजकको दावी छ । सन् २०१५ देखि हरेक वर्ष एनआरएनए न्यु साउथ वल्सले अभिभावकको लागि वनभोज कार्यक्रम गर्दै आएको छ । यसपाली पहिलोपटक क्यानवेरासंग मिलेर कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कस्तो छ फिट्सरोय झरना

अभिभावक वनभोजका लागि तय भएको फिट्सरोय झरना अष्ट्रेलियाकै सुन्दर स्थान मध्येको एक हो । सिड्नीबाट दक्षिणतर्फ १ सय ३० किलोमिटर गाडीमा यात्रा गरेपछि फिट्जरोय झरना पुगिन्छ ।

समुन्द्र सतहबाट ८ सय २२ मिटरको उचाई रहेको सो झरनाको स्थानिय नाम उडीउडी हो । सन् १८५० मा यो झरनाको नाम परिवर्तन गरि फिट्सरोय राखियो । न्यु साउथ वेल्स राज्यको गर्भनर सर चाल्र्स फिट्सरोयले भ्रमण गरेपछि उनकै सम्मानमा झरनाको नाम राखिएको हो । ८१ मिटर अग्लो झरना मोर्टन राष्ट्रिय निकुञ्जमा पर्छ ।

फिट्सरोय झरना
Photo- Wikipedia



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6