Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको सिडनीबाट हराएका अनुज कुँवर एकसातापछि भेटिएपछि…!

अष्ट्रेलियाको सिडनीबाट हराएका अनुज कुँवर एकसातापछि भेटिएपछि…!


ब्रिजबेन । अष्ट्रेलियाको सिडनीस्थित क्याम्प्सीबाट मार्च १६ देखि हराएका एक नेपाली विद्यार्थी फेला परेका छन् । न्यूसाउथवेल्स प्रहरी र एनआरएनए न्यूसाउथ वेल्सले जारी गरेको सूचना र खोजीका लागि दिएको तिब्रतासँगै करिब एकसातापछि २३ वर्षिया अनुज फेला परेका हुन । सर्वसाधारणबाट उनी सम्बन्धी सूचना माग्दै प्रहरीले २३ वर्षीय अनुज कुँवर गत १६ मार्च बुधबार अन्तिम पटक देखिएको र त्यसपछि कहाँ छन् के भएको छ खुल्न नसकेको भन्दै सूचना नै जारी गरेको थियो ।

प्रहरीले दिएको सूचनामा कमेन्ट गर्दै धेरै व्यक्तिहरुले अनुजलाई सिड्नीको टाउनहल, स्कोफिल्ड, लिडकमतिर देखेको बताएका छन् । उनी नियन्त्रित स्थितिमा नरहेको समेत कमेन्टमा लेखिएको थियो । धेरैजसोले उनको सुरक्षाको विषयमा चिन्ता व्यक्त गर्दै कसैले देखेमा तत्कालै प्रहरीलाई सूचना दिन आग्रह गरेका थिए । हराएको करिब एक सातापछि साथीको कोठामा उनी फेला परेको स्थानीय प्रहरीले जानकारि दिएको छ ।

अनुज फेला परेसँगै प्रहरीले खोजीका लागि राखेको सूचना समेत हटाएको छ । एनआरएनए न्यूसाउथवेल्सका संयोजक देव गुरुङले नेपाल ट्युबसँग कुराकानी गर्दै अनुज कुँबर फेला परेको पुष्टि गर्नुभयो । स्थानीय प्रहरीसँगै नेपाली समूदायको साझा प्रयासबाट हराएका विद्यार्थी भेट्न सफल भएको भन्दै सबैलाई संयोजक गुरुङले धन्यवाद समेत दिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6