Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकानुन अनुसार तलब, सुविधा नदिदा ब्रिजबेन र न्यु साउथ वेल्सका दुई कम्पनीलाई जरिवाना !

कानुन अनुसार तलब, सुविधा नदिदा ब्रिजबेन र न्यु साउथ वेल्सका दुई कम्पनीलाई जरिवाना !


ब्रिजबेन । श्रम ऐन अनुसार चालकलाई तलब, सेवा सुविधा नदिएको पाइएपछि ब्रिजबेनमा रहेको रोड फ्रेट ट्रान्सपोर्ट कम्पनी र कम्पनीका निर्देशकले अदालतमा ३१ हजार ९६८ जरिवाना तिरेका छन् । फेयरवर्क अमबुड्सम्यानको उजूरीका आधारमा संघीय अदलातले खाद्यान्न र अन्य सामानहरू ढुवानी गर्ने अल्पाइन फ्रेश प्रालिलाई २६ हजार ६४० र कम्पनी निर्देशक मिचेल म्याकअल्पाइनलाई ५ हजार ३२८ जरिवाना गराएको हो ।

अल्पाइन फ्रेसमाथी दुई जना चालकको कानुन अनुसारको सेवा सुविधा नदिएको पुष्टि भएसँगै यस्तो कारबाही भएको बताइएको छ । फेयरवर्क अमबुड्सम्यानले कानुनी कारबाही सुरु गरेपछि भने अल्पाइन फ्रेसले कामदारहरूलाई श्रम एने अनुसारको भुक्तानी दिन थालेको थियो । फेयरवर्क अमबुड्सम्यान सान्ड्रा पार्करले आफ्नो तलब वा अधिकार नपाउनेहरुले निःशुल्क सल्लाह र सहयोग पाउने भन्दै अन्याय विरुद्ध आवाज उठाउन आह्वान गर्नुभएको छ । यस्ता गुनासो र कारबाहीले उद्योग, व्यवसायहरु सचेत हुने र कामदारले न्याय पाउने अपेक्षा गरिएको छ ।

यस्तै, न्यु साउथ वेल्स क्षेत्रमा क्लिनिङ सेवा दिदैआएको Hunter Region of New South Wales र यसका निर्देशक विरुद्ध समेत १५ हजार ९८४ जरिवाना गराइएको छ । फेयरवर्क अमबुड्सम्यानमा कामदारले गरेको उजूरीका आधारमा कम्पनीमाथी १३ हजार ३२० र कम्पनी निर्देशकलाई २ हजार ६६४ जरिवाना गराइएको हो । कमर्शियल क्लिनिङले २०२१ को जनवरी र फेब्रुओरीमा क्लिनरको रूपमा काम गरेका दुई जना कामदारहरूलाई कानुन अनुसारको सेवा सुविधा नदिएको आधारमा कारबाही गरिएको संघीय अदालतले जानकारी दिएको छ ।

तपाईहरुको कानुनी उपचारका लागि सूचना : 

Employers and employees can visit www.fairwork.gov.au or call the Fair Work Infoline on 13 13 94 for free advice and assistance about their rights and obligations in the workplace. An interpreter service is available on 13 14 50.



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6