Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा बन्यो ३० सदस्यीय मन्त्रिपरिषद, पहिलो पटक मुस्लिम र आदिवासीलाई स्थान !

अष्ट्रेलियामा बन्यो ३० सदस्यीय मन्त्रिपरिषद, पहिलो पटक मुस्लिम र आदिवासीलाई स्थान !


ब्रिजबेन, काठमाडौं । अष्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीले नयाँ मन्त्रिपरिषद्लाई विस्तार गर्नुभएको छ । लेबर पार्टी एक्लैले बहुमत ल्याएसँगै बनेको अल्बानी नेतृत्वको मन्त्रिपरिषद विस्तार भएर ३० सदस्यीय बनेको हो ।

मन्त्रिमण्डलमा १३ जना महिला रहेका छन् । आदिवासी समुदायबाट लिन्दा बर्नीले पहिलो बन्दै रेकर्ड राख्नु भएको छ । यस्तै अष्ट्रेलियाको इतिहासमा पहिलो पटक मुस्लिम समुदायको प्रतिनिधित्व समेत भएको छ । एद हसिक र अन्ना अलीले मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै मन्त्रिपरिषदमा सहभागी हुने ऐतिहासिक अवसर पाउनुभएको छ । लेबर पार्टीले एक्लै बहुमत ल्याएपछि प्रधानमन्त्री एन्थोनीले एकल मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । उपप्रधानमन्त्रीको जिम्मेबारी सहित रिचार्ड मार्लेसले रक्षा मन्त्रालय सम्हाल्नुभएको छ भने क्लार ओनेइललाई गृह मन्त्रालयको जिम्मेबारी दिइएको छ। मन्त्रिपरिषद्को कोषाध्यक्षमा जिम चाल्मर्स, विदेश मन्त्रीमा पेन्नी वाङ र अर्थमन्त्रीमा काती गाल्लाघारलाई पहिलो दिन नै नियुक्त गरिएको थियो । पहिलो दिन नियुक्त सबैले मे २३ मा नै सपथ लिनुभएको छ । मङ्गलबार मन्त्रीमा नियुक्त भएकालाई आज सपथ खुवाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

देशका पाँच प्रदेशमा अझै पनि विदेशबाट आएका मत गणना भइरहेपनि बहुमत पुऱ्याउन आवश्यक पर्ने ७६ सिट जितीसकेकाले मन्त्रिपरिषद्लाई पूर्णता दिइएको हो । लेबर पार्टीका नेता अल्बानी प्रधानमन्त्री भएको १० दिनपछि मन्त्रपरिषद् गठन भएको थियो । यसअघी लिबरल पार्टीको नेतृत्वमा सरकार बनेको थियो भने लेबर पार्टी नौ वर्ष प्रतिपक्षमा रहेको थियो ।


ट्याग : #३० सदस्यीय मन्त्रिपरिषद, #Australia, #australia new priministar, #Pm of Australia, #एद हसिक र अन्ना अली, #प्रधानमन्त्री एन्थोनी अल्बानी, #मुस्लिम समुदाय, #लिन्दा बर्नी
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6