Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaडार्विनमा ‘नेपाल महोत्सव २०२२’ भब्यताका साथ सम्पन्न, यस्तो देखियो महोत्सव (फोटो फिचर)

डार्विनमा ‘नेपाल महोत्सव २०२२’ भब्यताका साथ सम्पन्न, यस्तो देखियो महोत्सव (फोटो फिचर)


ब्रिजबेन,अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ नर्दन टेरेटोरीले आयोजना गरेको डार्विनको ‘नेपाल महोत्सव २०२२’ सफलताका साथ सम्पन्न भएको छ। महोत्सवलाई भब्य बनाउन नेप्लीज एशोसिएसन अफ नर्दन टेरेटोरी, नेप्लीज कम्युनिटी एलिस स्प्रींग, डार्विन हर्टस फुटबल क्लबको सहकार्य रहेको थियो ।

दिउँसो ३ बजेदेखि विभिन्न कार्यक्रम, प्रदर्शनीसहित सुरु भएको नेपाल महोत्सवको अन्त्य रविन एण्ड रेभ्यूलुसनको कन्सर्टसँगै भएको थियो। नेपाली पोशाकमा सजिएर दिउँसो डार्विनमा पदयात्राको समेत आयोजना गरियो ।

कार्यक्रमस्थलमा नेपाली धरहराको प्रतिमूर्ति, नेपाल हाउस, नेपाली चिया चाख्ने प्रतिस्पर्धा, बालबालिकाको लागि विभिन्न गतिविधि, नेपालीपन झल्किने ढुंगेधारा, नेपाली खानाका विभिन्न स्टलहरु राखिएका थियो भने अवलोकनकर्ताहरुले महोत्सवको भरपुर मनोरञ्जन लिएका थिए ।

नेपाल हाउसमा नेपाली जाँतो, मोही पार्ने मदानी, आगो बालेर पकाउने नेपाली चुलो, नेपाली अन्य घरायसी सामगीहरु प्रयोगसहितका प्रदर्शनी गरिएका थिए । यस्तै नेपाल फेष्टिभलमा गोर्खाली योद्धाहरुको छुट्टै स्टल राखिएको थियो भने बेहुला बेहुली बनेर फोटो खिच्ने सुविधा पनि प्रदान गरिएको थियो।

यो स्टलमा विदेशीहरुले समेत नेपाली पोशाक लगाएर नेपाली परम्परागत विवाहको झल्कोमा आफुलाई प्रस्तुत गरेको गैरआवासीय नेपाली संघ नर्दन टेरेटोरीका संयोजक बिष्णु चापागाईले जानकारि दिनुभयो । अष्ट्रेलियामा नेपाली भाषा, संस्कृतिको प्रबद्र्धन मात्र होइन नेपाल भ्रमण गर्नका निम्ति अभिप्रेरित गर्ने उदेश्यले मेलामा नेपालका विभिन्न पर्यटकीय स्थलहरुको जानकारी दिनेगरी फोटो प्रदर्शनी समेत गरिएको संयोजक चापागाईले बताउनुभयो । Photo By: Catch Smile 

स्टेजमा रविन एण्ड रेभ्यलुसनको कन्सर्टअघि डार्विनका प्रतिभाहरुले विभिन्न गीत, संगति र नृत्यका साथ आफ्नो प्रस्तुति दिदा महोत्सबमा छुट्टै रौनक छाएको थियो । डार्विनको नेपाल फेष्टिभलमा सहभागी हुनका लागि अष्ट्रेलियाका विभिन्न शहरबाट पनि नेपाली नर्दन टेरेटोरी आएको गैरआवासीय नेपाली संघ नर्दन टेरेटोरीका संयोजक चापागाईले जानकारि दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6