Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा नेपाली कामदारमाथी तातो कफी छ्याप्ने प्रहरी सम्पर्कमा आए

सिड्नीमा नेपाली कामदारमाथी तातो कफी छ्याप्ने प्रहरी सम्पर्कमा आए

कमन असल्टको अभियोग


सिड्नी/ एक नेपाली कामदारमाथी तातो कफीले हानेको आरोप लागेका ३१ वर्षिय युवक आफै प्रहरी सम्पर्कमा आएका छन् उनीमाथी प्रहरीले कमन असल्टको मुद्दा दर्ता गरेको

बिहिबार बिहान ११ बजेतिर सिड्नीको रोजहिलस्थित एक क्याफेमा काम गरिरहेका कफी बारिष्टा सुमन घितालमाथी ग्राहकले तातोकफी छ्यापेका थिए २७ वर्षिय सुमनको स्थाई घर ललितपुर हो नेपालट्युबसंग कुरा गर्दै समुनले सो घटनाबाट आफु अझै पनि त्रसित भईरहेको बताउनुभयो तीन वर्षदेखि सुमन सो क्याफेमा काम गर्दै आईरहेका छन्

रेष्टुरेन्टले फेसबुकमा सार्वजनिक गरिएको सिसिटिभी फुटेजमा खरानी रंगको हुडी लगाएका ती ग्राहकले छेउमा उभिएकी महिलाग्राहकको कफिको पैसा तिर्न खोज्दछ तर, ती महिलाले हुन्न भनेपछि सुमनले पैसा लिन अस्विकार गर्छ त्यहि रिसको झोकमा तीपुरुष ग्राहकले हातमा लिएको तातो कफी सुमनलाई हान्छन् कफीले लागेर सुमनको अनुहार हातमा पोलेको

अवस्था समान्य रहेको भन्दै सुमनलाई रियल हिरो भन्दै रेष्टुरेन्टले पोष्ट गरेको

सुमन घिताल

घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो घटनाको एक दिनपछि शुक्रबार साझ ती युवक आफै प्रहरी सम्पर्कमा आएर बयानदिएको न्यु साउथ वेल्स प्रहरीले जनाएको

ती युवकलाई पारामाट्टा सथानिय अदालतले जुलाई २६ मा हाजिर हुन निर्देशन दिएको  


ट्याग : #cafe, #Suman dhital, #sydney
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6