Friday, 23 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ सिड्नीमा नेपाली कामदारमाथी तातो कफी छ्याप्ने प्रहरी सम्पर्कमा आए

सिड्नीमा नेपाली कामदारमाथी तातो कफी छ्याप्ने प्रहरी सम्पर्कमा आए

कमन असल्टको अभियोग


सिड्नी/ एक नेपाली कामदारमाथी तातो कफीले हानेको आरोप लागेका ३१ वर्षिय युवक आफै प्रहरी सम्पर्कमा आएका छन् ।उनीमाथी प्रहरीले कमन असल्टको मुद्दा दर्ता गरेको छ ।

बिहिबार बिहान ११ बजेतिर सिड्नीको रोजहिलस्थित एक क्याफेमा काम गरिरहेका कफी बारिष्टा सुमन घितालमाथी ग्राहकले तातोकफी छ्यापेका थिए । २७ वर्षिय सुमनको स्थाई घर ललितपुर हो । नेपालट्युबसंग कुरा गर्दै समुनले सो घटनाबाट आफु अझै पनि त्रसित भईरहेको बताउनुभयो । तीन वर्षदेखि सुमन सो क्याफेमा काम गर्दै आईरहेका छन् ।

रेष्टुरेन्टले फेसबुकमा सार्वजनिक गरिएको सिसिटिभी फुटेजमा खरानी रंगको हुडी लगाएका ती ग्राहकले छेउमा उभिएकी महिलाग्राहकको कफिको पैसा तिर्न खोज्दछ । तर, ती महिलाले हुन्न भनेपछि सुमनले पैसा लिन अस्विकार गर्छ । त्यहि रिसको झोकमा तीपुरुष ग्राहकले हातमा लिएको तातो कफी सुमनलाई हान्छन् । कफीले लागेर सुमनको अनुहार र हातमा पोलेको छ ।

अवस्था समान्य रहेको भन्दै सुमनलाई रियल हिरो भन्दै रेष्टुरेन्टले पोष्ट गरेको छ ।

सुमन घिताल

घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । घटनाको एक दिनपछि शुक्रबार साझ ती युवक आफै प्रहरी सम्पर्कमा आएर बयानदिएको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ ।

ती युवकलाई पारामाट्टा सथानिय अदालतले जुलाई २६ मा हाजिर हुन निर्देशन दिएको छ  ।


ट्याग : #cafe, #Suman dhital, #sydney
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-23' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6