Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsम:मको डल्लो अड्किएर एक भारतीयको मृत्यु भएपछि…

म:मको डल्लो अड्किएर एक भारतीयको मृत्यु भएपछि…


काठमाडौं,नयाँ दिल्ली। नेपाली हुन वा विदेशी अधिकांशले खाजा खानुपर्दा मम रुचाउने गरेका छन् । तर यहि ममका कारण एक भारतीयले ज्यान नै गुमाउन पुगेका छन् ।

ममको डल्लो अड्किएर एक ५० वर्षीय पुरुषको मृत्यु भएपछि अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एम्स) ले स्वास्थ्य चेतावनी नै जारी गरेको छ । एम्सका फोरेन्सिक विज्ञहरूले पुरुषको मृत्युको कारण मम भएको निष्कर्ष निकालेपछि सबैलाई ‘होशियारीसाथ निल्न’ सुझाव दिएका छन् ।

भारतीयको प्रिय खाजा ममबारे किन स्वास्थ्य चेतावनी जारी गर्नु पर्यो त ?
मदिराले मातेका एक पुरुष सडक छेउको एउटा पसलमा मोमो खादाखादै अचानक भुइँमा ढलेका थिए। उद्धारकर्ताहरुले उनलाई थप उपचारका लागि दिल्लीको एम्समा लगेपनि मृत अवस्थामा पर्‍याइएको थियो। पोष्टमार्टम रिपोर्टमा उनको श्वास नलीमा एउटा ममको डल्लो अड्किएको फेला पर्यो । डाक्टरहरूले पनि ममको डल्लो अड्किएर उनको मृत्यु भएको निस्कर्ष निकालेका छन् ।

मम अड्किदा न्युरोजेनिक कार्डियाक अरेस्ट भएको निष्कर्ष निकालेका चिकित्सकले सडक पसलदेखि उच्चस्तरीय रेष्टुरेन्टहरूमा पाइने लोकप्रिय परिकार मम खादा होसियारिपूर्वक खान सबैलाई सुझाव जारी गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6