Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएनआरएनएले प्रधानमन्त्री देउवा,६ मन्त्री र विशिष्ट व्यक्तिसँग काठमाडौंमा अन्तरक्रिया गर्दै !

एनआरएनएले प्रधानमन्त्री देउवा,६ मन्त्री र विशिष्ट व्यक्तिसँग काठमाडौंमा अन्तरक्रिया गर्दै !

सम्बोधन होलान त गैर आवासीय नेपाली नागरिकता, मताधिकारका माग ?


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोली (बिहीबार) काठमाडौंमा ‘गैर आवासीय नेपाली नागरिकता, मताधिकार, वैदेशिक लगानी र वैदेशिक रोजगार’ लगायतका विषयमा छलफल आयोजना गर्दैछ । एनआरएनएको ६ घण्टे अन्तरक्रियात्मक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य ६ मन्त्री सहभागी हुने बताइएको छ ।

कार्यक्रममा प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री नारायण खड्का, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ, संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला लगायतका मन्त्रीले सम्बोधन गर्नेछन् । गैह्र आवासीय नेपाली संघले मुख्यसचिव शंकरदास बैरागीसहित प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया लगायतका विशिष्ट व्यक्तिहरु, उद्योग, अर्थ, परराष्ट्र मन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको टोली समेत कार्यक्रममा उपस्थित हुने जानकारि दिएको छ ।

नेपाल सरकारलगायत विभिन्न सरोकारवालको उपस्थितिमा गैरआवासीय नेपालीका माग सम्बोधन गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । संविधानसभाका पूर्वअध्यक्ष सुभासचन्द्र नेम्वाङ, पूर्वमन्त्री गगन थापा, सांसद डा। सूर्यप्रसाद पाठक, कृष्णभक्त पोखरेल, लक्ष्मणलाल कर्ण, राष्ट्रियसभाका वर्तमान र पूर्वसदस्यहरु खीमलाल देवकोटा, राधेश्याम अधिकारी, सांसद पुष्पा भुषाल गौतम, रेखा शर्मा, पूर्वमन्त्री योगेश भट्टराई समेतको सहभागिता हुने कार्यक्रमलाई चार चरणमा विभाजन गरिएको र कार्यपत्रको प्रस्तुतीसहित छलफल गरिने संघका अध्यक्ष डा. बद्री केसीले जानकारी दिनुभएको छ ।

काठमाडौंको र्‍याडिसन होटलमा आयोजना हुने एक दिने सेमिनार संघका माग पूरा गर्न कोसेढुंगा सावित हुने विश्वास गरिएको छ । संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले समेत सम्बोधन गर्ने कार्यक्रमलाई सफल बनाउन अध्यक्ष कुल आचार्य र अध्यक्ष डा. बद्री केसी लगायतका पदाधिकारी काठमाडौं उत्रिएर सक्रिय बनिरहेका छन्।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6