Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको बस्न योग्य शहरको पहिलो स्थानमा मेलबर्न, विश्वको उत्कृष्ठ शहर कुन ?

अष्ट्रेलियाको बस्न योग्य शहरको पहिलो स्थानमा मेलबर्न, विश्वको उत्कृष्ठ शहर कुन ?


ब्रिजबेन,अष्ट्रेलिया । अष्ट्रियाको राजधानी भियना विश्वको सबैभन्दा बस्न योग्य शहर बन्न सफल भएको छ । इकोनोमिस्टको वार्षिक प्रतिवेदनका अनुसार भियनाले न्यूजील्याण्डको शहर अकल्याण्डबाट शीर्ष स्थान खोसेको हो।

इकोनोमिस्ट इन्टेलिजेन्स इकाईको रिपोर्टले कोरोना महामारीका कारण लगाइएका प्रतिबन्धको कारण अकल्याण्ड ३४औं स्थानमा झरेको देखाएको छ। ‘भियना, जुन २०२१ को सुरुमा हाम्रो र्याङ्किङमा १२ औं स्थानमा झरेको थियो किनभने यसका संग्रहालयहरू र रेस्टुरेन्टहरू बन्द भएका थिए। त्यसपछि २०१८ र २०१९ मा भएको स्थानमा पुनस् फर्किएको छ।’ द इकोनोमिक्स्टको रिपोर्टमा भनिएको छ। रूसले आक्रमण गरेर अस्तव्यस्त भएको युक्रेनको राजधानी किएभलाइ भने यस वर्षको रिपोर्टमा संलग्न गरिएको थिएन।

के छ अष्ट्रेलियाका शहरहरुको अवस्था ?
मेलबर्न अष्ट्रेलियाको सबैभन्दा बस्न योग्य शहरको पहिलो स्थानमा परेको छ। अर्थात मेलबर्न विश्वका बस्नयोग्य उत्कृष्ठ १० शहरहरुको १० औँ नम्बरमा परेको छ । यो रिपोर्टले अष्ट्रेलियाका शहरहरूको तह खस्किएको देखाएको छ। गत वर्ष दोश्रो स्थानमा परेको एडिलेड अहिले उत्कृष्ट १० मा पर्न असफल भएको छ । द इकोनोमिक्स्टको रिपोर्ट अनुसार ब्रिसबेन २७ औँ, एडिलेड ३० औँ र पर्थ ३२औं स्थानमा परेका छन्। गत वर्ष यी सबै शहरहरू उत्कृष्ट १० भित्र समेटिएका थिए ।

विश्वका उत्कृष्ट १० बस्न योग्य शहरहरू यस्ता छन् ।
१, भियना (अष्ट्रिया)
२, केपेनहेगन (डेनमार्क)
३, जुरिच (स्विटजरल्याण्ड)
४, क्यालगरी (क्यानडा)
५, भ्यानकुभर (क्यानडा)
६, जेनेभा (स्वीटजरल्याण्ड)
७, फ्र्यांकफर्ट (जर्मनी)
८, टोरन्टो (क्यानडा)
९, एम्स्टारडम (नेदरल्याण्ड)
१०, ओसाका (जापान) र मेलबर्न (अष्ट्रेलिया)



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6