Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा आजबाट ज्यालादारी कामदारको तलब घण्टाको न्युनतम २१.३८ डलर !

अष्ट्रेलियामा आजबाट ज्यालादारी कामदारको तलब घण्टाको न्युनतम २१.३८ डलर !


ब्रिजवेन । अष्ट्रेलियामा आजबाट ज्यालादारी कामदारले घण्टाको न्युनतम २१ दशमलब ३८ सेन्ट डलर प्राप्त गर्ने भएका छन् । फेयरवर्क एम्बुडस्म्यानले आजबाट तलबमा एक डलरको बृद्धि भएको सूचना जारी गर्दै कार्यान्वयनमा ल्याउन आग्रह गरेको हो ।

फेयर वर्क ओम्बड्सम्यान सान्ड्रा पार्करले रोजगारदातालाई आफ्ना सबै कर्मचारीहरूलाई पछिल्लो समय निर्धारण गरिएको न्यूनतम पारिश्रमिक भुक्तानी गर्न आग्रह गर्नुभएको छ । बढेको तलब अनुसार कामदारले हप्ताको अब ३८ घण्टा काम गर्दा ८ सय १२ डलर पाउनेछन् । तर, पर्यटन, हवाई र हस्पिटालिटी क्षेत्रमा भने अक्टोबर १ तारिखबाट मात्रै ज्याला वृद्धी हुने बताइएको छ । यसअघिको संघिय चुनावमा लेबर पार्टीले कामदारको ज्याला वृद्धी गर्ने भन्दै चुनावी प्रचार गरेको थियो । चुनाव जितेर सरकार बनाएर लगत्तै लेबरले आफ्नो प्रतिबद्धता कार्यान्वयनमा ल्याएको हो ।

ज्याला बढेर कार्यान्वयना आएपनि अष्ट्रेलियन काउन्सिल अफ ट्रेड युनियनले सरकारलाई धन्यवाद दिएको छ । यता, द अष्ट्रेलियन चेम्बर अफ कमर्स एण्ड इन्ड्रसटिले भने तलब बृद्धीको निर्णयलाई आर्थिक जोखिमको उपमा दिदैआएको छ । प्रतिघण्टा ज्यालामा एक डलरको बृद्धी भएसँगै ज्यालादारीमा काम गर्ने विदेशी विद्यार्थीहरु भने निक्कै खुसी भएका छन् ।

बढेको तलब लगायतका सेवा सुविधा नपाएमा यहाँ गुनासो राख्न सक्नुहुनेछ

Employers and employees can visit www.fairwork.gov.auor call the Fair Work Infoline on 13 13 94 for free advice and assistance about their rights and obligations in the workplace. An interpreter service is available on 13 14 50. Small businesses can find targeted resources at the Small Business Showcase.

यो पनि पढ्नुहोस् :

अष्ट्रेलियामा न्युनतम ज्यालामा ५.२ प्रतिशत वृद्धी



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6