Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaउबर चालकमाथी बलात्कारको आरोप, अदालत पुग्यो ५५० जना महिलाको उजूरी !

उबर चालकमाथी बलात्कारको आरोप, अदालत पुग्यो ५५० जना महिलाको उजूरी !


ब्रिजबेन,अष्ट्रेलिया । राइड शेयरिङ कम्पनी उबरका चालकले दुर्व्यवहार गरेको भन्दै मुद्धा दायर भएको छ । बुधबार अमेरिकाका ५५० जना महिलाले सान फ्रान्सिस्को काउन्टी सुपीरियर कोर्टमा मुद्दा दायर गरेका हुन् ।

दायर मुद्दामा अपहरण, यौन दुर्व्यवहार, यौन कुटपिट, बलात्कार, झूटो कैद, पीछा, उत्पीडन तथा चालकहरु द्वारा आक्रमण लगायतका गम्भीर विषयको आरोप लगाइएको छ । ‘यौन दुर्व्यवहार एक भयानक अपराध हो र हामी प्रत्येक रिपोर्टलाई गम्भीरताका साथ लिन्छौं’ उबरका प्रवक्ताले बिबिसीसँगको कुराकानीका क्रममा भन्नुभएको छ । ‘यहाँ सुरक्षा भन्दा बढी महत्त्वपूर्ण केही छैन। त्यसैले उबरले नयाँ सुरक्षा सुविधाहरू निर्माण गरेको छ। नयाँ नीतिहरू ल्याइदै छन्, र गम्भीर घटनाहरूबारे थप अध्ययनसँगै पारदर्शी रुपमा सत्यतथ्य बाहिर ल्याइने छ। हामी विचाराधीन मुद्दामा टिप्पणी गर्दैनौँ, प्रश्न नउठ्नेगरि र सेवा लिनेहरुको सुरक्षा केन्द्रमा राख्नेछौं।’

कानून फर्म स्लेटर शुलम्यानका वकिलद्धारा दायर उजुरीमा धेरै राज्यमा यौन दुर्व्यवहार भएको आरोप लगाइएको छ। यस्ता अभियोगबारेका १५० वटा घटनाको सुक्ष्म रूपले अनुसन्धान भइरहेको पाइएको छ । अदालतमा दायर मुद्दामा २०१४ मा नै उबरले आफ्ना चालकहरूले महिला यात्रुहरूलाई यौन दुर्व्यवहार र बलात्कार गरेको थाहा पाएर पनि यात्रुको सुरक्षाभन्दा नाफा बढाउने तर्फ मात्रै जोड दिएको आरोप लगाइएको छ।

गत हप्ता उबरले गरेका गैर कानुनी व्यवहारहरू समेटिएको उबर फाइल्स सार्वजनिक भएपछि यसको विश्वव्यापी चर्चा भइरहेको छ। अमेरिकामा दर्ता भएको मुद्धाको असर स्वरुप अष्ट्रेलिया लगायतका देशहरुमा समेत उजूरी पर्नसक्ने आँकलन भैरहेको छ । छिटो छरितो र सुरक्षित यात्राका लागि उबर सेवाको भरपर्ने जमात कुनै न कुनै रुपमा असुरक्षित छन भन्ने यो तथ्यले विश्वब्यापी बहस श्रृजना गरेको छ ।

अमेरिकामै केही समय अघि मात्रै उभर चालकहरुले यात्रु महिलाबाट यौन दुब्यवहार सहनुपरेका घटना बाहिर आएका थिए । एक नेपाली पुरुष चालकलाई तीन जना महिला यात्रुले गरेको दुब्यवहार सार्वजनिक भएको घटनाले चालकहरु समेत महिला यात्रुबाट असुरक्षित छन भन्ने तथ्य देखाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6