Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनागरिकता विधेयक पास: गैरआवासीय नेपालीले पनि नागरिकता पाउने

नागरिकता विधेयक पास: गैरआवासीय नेपालीले पनि नागरिकता पाउने


काठमाडौं/नेपालको प्रतिनिधिसभाबाट नेपाल नागरिकता विधेयक २०७९ पारित भएको । पारित विधेयकले विदेशी नागरिकता लिएका गैरआवासीय नेपालीलाई पनि नेपाली नागरिकता दिने प्रावधान राखेको यो नागरिकतालिएकाले नेपालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने छन्   तर उनीहरूलाई राजनीतिक प्रशासनिकअधिकार भने प्राप्त हुनेछैन 

सार्क राष्ट्रमा बसोबास गर्ने नेपालीले भने यो नागरिकता पाउनेछैनन् । संविधानमै साविकमा वंशज वा जन्मको आधारमा स्वयंले वा बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिकता लिई पछि विदेशीमुलुकको नागरिकता लिएको व्यक्तिले  गैरआवासीय नेपाली नागरिकता लिन सक्ने व्यवस्था गरेको कानुन नबन्दा गैरआवसियनेपालीले यो अधिकार प्रयोग गर्न पाएका थिएन अब तल्लो सदनबाट पारित विधेयक माथिल्लो सभा अर्थात राष्ट्रिय सभाबाट पनिपारित भएपछि राष्ट्रपतिबाट प्रमाणिक भएर कानुनका रुपमा लागु हुनेछ

नागरिकता विधेयकले गैरआवासीय नेपाली नागरिकता लिन चाहनेले यी शर्तहरु पुरा गर्नुपर्ने

– निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण

-सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण 

–  विदेशी मुलुकको नागरिकता भएको प्रमाण

 दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण

नेपालको संविधान कानूनको परिपालना गर्ने प्रतिबद्धतापत्र

गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिलाई सम्बन्धित मन्त्रालयले तोकिएको ढाँचामा शपथ गराउनेछ



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6