Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअसाइन्मेन्ट चोरी गर्ने विद्यार्थीबिरुद्ध आक्रामक बन्दै अष्ट्रेलिया, चोरीमा सघाउने ४० वेभसाइट बन्द !

असाइन्मेन्ट चोरी गर्ने विद्यार्थीबिरुद्ध आक्रामक बन्दै अष्ट्रेलिया, चोरीमा सघाउने ४० वेभसाइट बन्द !

२ जना नेपाली विद्यार्थी अनुसन्धानको दायरामा !


ब्रिजबेन,अष्ट्रेलिया । अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरूलाई असाइन्मेन्ट चोर्न सघाउने ४० वटा वेभसाइट बन्द गरिएको छ । असाइन्मेन्ट चोरी गरेर बुझाउने क्रम बढ्न थालेपछि नियामक निकायले चोरीमा सघाउन भुमिका खेलेका ४० वटा वेभसाइट बन्द गरेको हो।

युनिभर्सिटीले दिएको असाइन्मेन्ट चोरेर बुझाउने क्रम बढेपछि यसलाई रोक्न युनिभर्सिटि तथा सरकारले नै नियमन र कारबाहीलाई पछिल्लो समय तिब्रता दिएका छन् । अष्ट्रेलियाका शिक्षामन्त्री जेसन क्लेयरले चोरिमा सघाउने वेभसाइटहरूका कारण अष्ट्रेलियाको शैक्षिक गुणस्तरमा ह्रास पुगेको र विद्यार्थीहरू वौद्धिक चोरी जस्तो अपराधमा लाग्ने क्रमलाई रोक्न यस्तो कमद चालिएको बताउनुभएको छ ।

वेभसाइट बन्द गरेको विज्ञप्ती जारी गर्दै मन्त्री क्लेयरले शैक्षिक गुणस्तर सुधार्न सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारीअनुसारको भुमिका खेल्नुपर्ने बताउनुभएको छ । अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरूले असाइनमेन्ट चोर्न सघाउने वेभसाइटमा एकै महिनामा ४ लाख ५० पटक भिजिट गरेको समेत पाइएको छ।

वेस्टर्न सिड्नी युनिभर्सिटीबाट अध्ययन सकेका २ जना नेपाली विद्यार्थीहरू अनुसन्धानको दायरामा
यता, वेस्टर्न सिड्नी युनिभर्सिटीमा अध्ययन सकेका २ जना नेपाली विद्यार्थी असाइन्मेन्ट चोरी गरेको अभियोगको अनुसन्धानमा तानिएका छन् । युनिभर्सिटीको मनिटरिङ गर्ने निकाय टेर्सरी एजुकेशन क्वालिटी एण्ड स्टान्डर्डस् एजेन्सी (टेक्सा)ले नेपाली २ सहित केही विद्यार्थीमाथी छानबिन गरिरहेको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6