Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनयाँ राजदूत र एनआरएनएका पदाधिकारीबिच छलफलः पासपोर्ट सहज बनाइदेउ

नयाँ राजदूत र एनआरएनएका पदाधिकारीबिच छलफलः पासपोर्ट सहज बनाइदेउ


ब्रिजवेन/गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका पदाधिकारीले इपासपोर्ट सहज तरिकाले वितरण गरिदिन अनुरोध गरेका छन् । अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलसंगको भेटमा उनीहरुले इपासपोर्ट लिनका लागि क्यानवेरा नै जानुपर्ने बाध्यता रहेको भन्दै राज्यराज्यका महावाणिज्यदूतावासबाटै वितरण गर्ने व्यवस्था गरिदिन अनुरोध गरेको बैठकमा सहभागी मध्येका एक एनआरएनए सचिव अभिमानसिंह बस्नेतले जानकारी दिनुभयो ।

दूतावासमा हाल एउटा मात्रै इपासपोर्ट छाप्ने उपकरण छ । यो उपकरणले दिनमा बढीमा ३० वटा मात्र पासपोर्ट छाप्न सक्छ । बायोमेट्रिक समेत संकलन गर्नुपर्ने भएकाले सेवाग्राही क्यानबेरास्थित दूतावासकै कार्यलय जानुपर्ने बाध्यता छ । पासपोर्ट नविकरण वा नयाँ लिनका लागि सेवाग्राहीले अनलाईनबाट पहिले नै बुकिङ गर्नुपर्छ । महिनाको १५ तारिख केही समयका लागि मात्रै बुकिङ खुल्ला हुने, धेरैले एकैचोटी बुकिङ गर्न खोज्दा सरभर नै नचल्ने तथा सिमित कोटा भएकाले धेरैले बुकिङ नै नपाउने समस्या छ ।

बैठकमा राजदूत पोखरेलले हालै मात्रै इपासपोर्ट छाप्ने एउटा मोवाइल उपकरण क्यानबेरा आइपुगेको र यसलाई टाढाका राज्यहरुमा लगेर सेवा दिने तयारी रहेको बताउनुभएको सहभागी मध्येका एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष देब गुरुङले बताउनुभयो ।

त्यसो त राजदूत पोखरेलले यसअघि फेसबुकमा स्टाटस लेख्दै पासपोर्टको मिति सकिन एक वर्ष बाँकी रहदै नविकरण प्रकृया अघि बढाउन सबैलाई अनुरोध समेत गरिसक्नुभएको छ ।

छलफलमा राजदूतले नागरिकता विधयक दुबै सदनबाट पास भएर अन्तिम निर्णयका लागि राष्ट्रपति समक्ष पुगेको भन्दै सबैलाई बधाई समेत दिनुभयो । राजदूतले ठुला लगानी भित्र्याउन समेत एनआरएनएले पहल गरिदिन र दूतावासले सहजीकरण गर्ने आश्वसन दिनुभयो । तर, एनआरएनएका तर्फबाट ठुला लगानी भन्दा पनि सामुहिक लगानीबाट मझौला र साना परियोजनाहरुमा लगानी गर्दा राम्रो हुने विचार राखिएको थियो । त्यस्तै विद्यार्थीलाइ समस्या पर्दा खर्च गर्ने कोषमा दूतावासले पनि केही रकम हाल्नुपर्ने मागमा त्यसका लागि बजेट नभएको जवाफ राजदूतले दिनुभएको सहभागीले नेपालट्युबलाई जानकारी दिए ।

छलफलमा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, उपाध्यक्षहरु देव गुरुङ, राकेश शाक्य, अशोक बस्नेत र महासचिव राजु अधिकारी थिए । त्यस्तै आइसिसिबाट क्षेत्रिय संयोजक दिनेश जोशी, क्षेत्रिय सहसंयोजक सन्तोष कुवँर, सह महासचिव गणेश केसी, सचिव अभिमानसिंह बस्नेत, सदस्यहरु बुद्धी डल्लाकोटी, पिआर अधिकारी, प्रज्वल भट्टराई लगायत सहभागी थिए ।  Photo- Rakesh Shakya



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6