Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा हिमानी शाह, अष्ट्रेलिया र नेपालको सम्बन्ध सधै सुमधुर रहने विश्वास व्यक्त !

सिड्नीमा हिमानी शाह, अष्ट्रेलिया र नेपालको सम्बन्ध सधै सुमधुर रहने विश्वास व्यक्त !


राजन घिमिरे, सिड्नी । हिमानी कोष अष्ट्रेलियाले सिड्नीमा एक बिशेष कार्यक्रमको आयोजना गरेको छ । नेपालबाट कार्यक्रममा सहभागि हुन हिमानी कोषकी संस्थापक एवं पूर्व युबराज्ञी हिमानी शाहको साथमा पूर्व अधिराजकुमारी द्वय शिताष्मा राज्यलक्ष्मी शाह, दिलाशा राज्यलक्ष्मी शाह सहित हिमानी ट्रष्ट नेपालका बोर्ड अफ डाईरेक्टरहरू सिड्नी आउँनु भएको हो ।

कार्यक्रममा बिशेष मन्तव्य राख्दै हिमानी कोषकी संरक्षक एवं पूर्व यूबराज्ञी हिमानी शाहले नेपाल र अष्ट्रेलियाबीचको सुमधुर सम्बन्ध लामो रहेको बताउनुभयो । अष्ट्रेलियाले नेपाललाई बिभिन्न क्षेत्रमा साथ र सहयोग गर्दै आएकोमा प्रशंसा समेत शाहले गर्नुभयो । कार्यक्रममा अतिथिका रुपमा उपस्थित न्यू साउथ वेल्सका बहुसांस्कृतिक मन्त्री मार्क कुरेले नेपाल र नेपालीका बारेमा खुलेर प्रशंसा गर्नु भएको थियो । न्यू साउथ वेल्सको पार्लियामेन्ट हाउसमा रहेको स्ट्रेन्जर्स हलमा भएको कार्यक्रममा गैह्र आबासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष नन्द गुरूङ र एन आर एन ए अष्ट्रेलिया न्यू साउथ वेल्स राज्य संयोजक देब गुरूङले हिमानी कोषले नेपाली समाजमा पुर्याएको योगदान र खेलेको भूमिकाका बारेमा चर्चा गर्नु भएको थियो । न्यू साउथ वेल्सका लागि नेपाली अवैतानिक महाबाणिज्य दूत दिपक खड्काले नेपालसंगै प्रवासमा पनि हिमानी कोषले आफ्नो उपस्थिति जनाउनुलाई सकारात्मक रूपमा लिनुपर्ने दाबी गर्दै समाजका बिभिन्न पाटाहरूमा कोषले गरेको सत्कर्म प्रशंसा योग्य रहेको धारणा राख्नुभयो ।

हिमानी कोष अष्ट्रेलियाकी प्रमुख अन्जना बस्नेत कार्कीले हिमानी कोष अष्ट्रेलिया आफ्नो लक्ष्य र उद्देश्यमा लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । “मन बचन र कर्मले नेपाल र नेपालीका लागि केही गर्ने सोचले स्थापना भएको हिमानी कोष मार्फत हामी दिन दुखी र असहायको साथी बन्ने बाटोमा लागेको छौ । हाम्रो यो सोच र उद्देश्यमा तपाईहरूको साथ र समर्थन मिलेकोमा यहांहरूप्रति आभारी छौ” बस्नेतले बताउनुभयो । कार्यक्रममा अष्ट्रेलियामा रहेका नेपाली समुदायका अगुवा एबं ब्याबसायिहरूको बाक्लो उपस्थिति रहेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6