Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ झम्के तिजका लागि ब्रिजवेन आईपुगे सपुतसहित ३ कलाकार

झम्के तिजका लागि ब्रिजवेन आईपुगे सपुतसहित ३ कलाकार


ब्रिजवेन/तिज विशेष कार्यक्रमका लागि तीन जना नेपाली कलाकारहरु आज ब्रिजवेन आईपुग्नु भएको छ । ब्ल्याकआई क्रियसनले गर्न लागेको झम्के तिज मेलामा सहभागी हुन गायक प्रकाश सपुत, गायिका देवी घर्तिमगर र कलाकार करिश्मा ढकाल आईपुग्नु भएको हो।

भोली साझ स्ट्राथपाइन सामुदायिक भवनमा बेलुका ५ बजे कार्यक्रम हुदैछ । कार्यक्रमको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ । कलाकारहरुलाई भ्यालीको असम बार एण्ड रेष्टुरेन्टमा आज साँझ स्वागत गरिएको थियो । नेपालट्युबसंग कुरा गर्दै गायक प्रकाश सपुतले भोली हुने कार्यक्रममा सबै जना आईदिन अनुरोध गर्नुभयो ।

कार्यक्रमलाई एबिसी ग्लोबल एजुकेशन कन्सलटेन्सी र कुइन्सफर्ड कलेजले प्रायोजन गरेको छ । नेपाली कला संस्कृतिलाई दोस्रोपुस्तासम्म पु¥याउनका लागि तिज विशेष कार्यक्रम गरिएको कानको भनाई छ । कार्यक्रममा प्रवेश शुल्क २५ डलर तोकिएको छ ।

मायालु इन्टरटेन्टमेन्टको आयोजनामा गायक प्रकाश सपुत र कलाकार करिश्मा ढकाल अष्ट्रेलिया आउन लागेको हो । गायिका देवीघर्तिमगरलाई भने बिशाल इन्टरटेन्टमेन्टले अष्ट्रेलिया बोलाएको हो ।

मायालु तिज मेला २०२२ अन्तगर्त क्यानवेरामा अगष्ट १३, सिड्नीमा अगष्ट १९ र तास्मानियाको लनचेस्टनमा अगष्ट २१ र होबार्टमाअगष्ट २३ मा तिज कार्यक्रम भईसकेको छ । ब्रिजवेनपछि गायक सपुत र कलाकार ढकालले अगष्ट २६ मा मेलवर्नमा र पर्थमा अगष्ट२८ मा कार्यक्रम गर्ने तय भएको छ ।

तिजमा प्रकाश सपुत, करिश्मा ढकाल र देवी घर्ति अष्ट्रेलिया आउदै, ब्रिजवेनमा २५ अगष्ट झम्के तिज

 


ट्याग : #brisbane, #karishma dhakal, #Prakash Saput, #teej mela
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6