Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा कोरोनापछि काम प्रशस्तै तर रोजगारी खोज्ने कम !

अष्ट्रेलियामा कोरोनापछि काम प्रशस्तै तर रोजगारी खोज्ने कम !


ब्रिजबेन । अष्ट्रेलियामा रोजगारी खोज्नेहरुको तलब कोरोना महामारी सुरू हुनुभन्दा अघिको तुलनामा झन्डै दोब्बर छिटो बढिरहेको पाइएको छ । अष्ट्रेलियाको सबैभन्दा ठूलो रोजगारी बजार सीकद्वारा जारी पछिल्लो प्रतिवेदनले जुलाईको तुलनामा विज्ञापन गरिएको तलबमा ४ दशमलब १ प्रतिशतले बढेको देखाएको हो ।

जागिरका विज्ञापनहरूमा पोस्ट गरिएका सबै क्षेत्रमा तलब बृद्धि भए पनि केही उद्योगको तलब गत वर्ष ७ प्रतिशतभन्दा बढी बढेको पाइएको छ । डिजाइन र वास्तुकला क्षेत्रको तलब ७ दशमलब ३ प्रतिशतले बढ्दा सूचना, सञ्चार र व्यापार क्षेत्रको तलब भने ६ प्रतिशतले बढेको छ । सार्वजनिक क्षेत्रको रोजगारी वा सार्वजनिक कोषको ठूलो मात्रा भएका उद्योगहरूले शिक्षा र प्रशिक्षण क्षेत्र, विज्ञान र प्रविधि सहित अपेक्षाकृत तलब वृद्धि गरेको रिपोर्टमा उल्लेख छ । सीकका वरिष्ठ अर्थशास्त्री म्याट काउगिलका अनुसार अन्य श्रम बजार बूमको समयमा फरक भएका कारण काम खोज्नेहरूका लागि यो राम्रो अवशर पनि हो। खानीमा काम गर्ने, उद्योग लगायत देशका केही भागहरूमा द्रुत रूपमा तलब बढेका कारण श्रम बजार अब बलियो बनेको पाइन्छ । अष्ट्रेलियन क्यापिटल टेरिटोरीमा सरकारी जागिर खानेहरूको संख्या धेरै भएका कारण त्यहाँ र साउथ अष्ट्रेलियन नागरिकहरूका लागि बाहेक अन्य काम खोज्नेहरूका लागि तलब बृद्धिले धेरै सहयोग पुर्याएको छ ।

सीकद्वारा विज्ञापन गरिएका कामहरूको संख्या जुलाई २०२२ मा फेब्रुअरी २०२० को तुलनामा ५८ दशमलब २ प्रतिशत बढी पाइएको छ। सोही अवधि, जुलाई २०२२ मा फेब्रुअरी २०२० को तुलनामा प्रति जागिर विज्ञापनमा आवेदनको औसत संख्या ६४ प्रतिशत कम भएको पाइएको छ। धेरै तलब दिने र कम तलब दिने प्रत्येक उद्योगमा आवेदनहरू घट्नुले बेरोजगारी दरसमेत घटेको आँकलन गरिएको छ । श्रोतः याहु फाइनान्स अष्ट्रेलिया



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6