Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमेलबनमा आयोजित नेपाल फेस्टिभल भब्यताका साथ सम्पन्न, यस्तो देखियो माहौँल !

मेलबनमा आयोजित नेपाल फेस्टिभल भब्यताका साथ सम्पन्न, यस्तो देखियो माहौँल !


ब्रिजबेन । एनआरएनए अष्ट्रेलियाको सिग्नेचर कार्यक्रमका रुपमा आयोजना गरिएको नेपाल फेस्टिभल भब्यताका साथ सम्पन्न भएको छ । शनिबार बिहान ११ बजे मेलबर्नको टेजररी विल्डिङ्गबाट परेड सुरु गरेर नेपाल फेस्टिभलको शुभमुहर्त गरिएको थियो भने नेपाल र अष्टेलियाको झण्डा फरफराउँदै फेडेरेशन आइपुगेको परेडमा देखाइएका कुमारी, बुद्ध, पन्चे बाजा तथा विभिन्न संस्कृतिको मौलिक नृत्यले फेस्टिभललाई आकर्षण बनाएका थिए ।

परेडमा राजदूत कैलाश पोख्रेलदेखि एनआरएनए आईसीसी, एनसीसी र एसीसीका सबै पदाधिकारीको उपस्थित रहेको थियो । अष्ट्रेलियाका लागि नेपाली राजदूत पोखरेल प्रमुख अथिति रहेको फेस्टिभलमा सहभागिता हुन अष्ट्रेलियाको विभिन्न राज्यबाट एनआरएनएका पदाधिकारी लगायत अन्य व्यक्तित्वहरुको बाक्लो उपस्थित रहेको थियो। फेस्टिभलको विशेष अतिथिका रुपमा भिक्टोरीया राज्यका महिला तथा शिक्षा मन्त्री नतालि हुचिहिन्स, उर्जा मन्त्री लिलि एम्ब्रोरोसियो, लेबरका फेडरल एमपी पिटर खलिल, लिभरलका फेडरल एमपी डेभिड कोल्म्यान, मेयर, काउन्सिरल लगायत विभिन्न अन्य सरकारी विभागका प्रतिनिधिहरू सहभागि हुनुभएको छ । फेस्टिभललाई भब्य बनाउन भिक्टोरीयाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन, एनआरएनए आईसीसी अपाध्यक्ष दुर्गा आचार्य, सचिव नारायण काफ्ले, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ्ग लगायत विभिन्न राज्यबाट एनआरएनका संयोजक तथा प्रतिनिधिहरू उपस्थित हुनुभएको थियो ।

एकदेखि तीन बजेसम्म औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै भिक्टोरीयाका अध्यक्ष हरि खड्का, राजदूत कैलाश राज पोख्रेल, महावाणिज्यदूत चन्द्र योन्जन, आईसीसी उपाध्यक्ष दुर्गा आचार्य, सचिव नारायण खड्का, अष्टे«लियाका अध्यक्ष नन्द गुरुङ्ग लगायत सबै जनाले नेपाल फेस्टिभलको वृहत् मेलाको प्रशंसा गर्दै यसमा खटिने सबैलाई धन्यवाद दिएका थिए । कुनै जातजाति, राजनैतिक पार्टीको भन्दा पनि नेपाली भएर सिंगो समूदायको हित र पहिचानमा जोड दिनुपर्ने धारण राजदूत पोखरेलले राख्नुभएको थियो । शिक्षा मन्त्री नतालि, उर्जा मन्त्री लिलि, फेडरल एमपीद्वय पिटर र डेभिडले नेपाली संस्कृति सुन्दर र धनी रहेको बताउनुभएको थियो ।

औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न भएपछि सुरु गरिएको विभिन्न नृत्यसहितको सांगीतिक कार्यक्रमले फेस्टिभलको माहोल तातिएको थियो। फेस्टिभलमा लोक दोहोरी गायक बद्री पंगेनी, गायिका एलिना चौहान र व्याण्ड कववेभले दमदार प्रस्तुति दिएका थिए । नेपाली कला संस्कृतिको पहिचान झल्काउने सांस्कृतिक कार्यक्रम र गायन, नृत्यले फेस्टिभलमा सहभागि सबैको ध्यान तानेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6